कविताबाट बलात्कारको बिरोध

  ।   ३० आश्विन २०७७, शुक्रबार २१:२०

सुर्खेतः सुर्खेतमा कविता बाचन गरेर बलात्कारका घटनाको बिरोध गरिएको छ । बलात्कारका घटनाको न्यूनिकरण र बलात्कारीलाई कानूनी कारबाहीको माग गर्दै शुक्रबार युवाहरुले कविताबाट बलात्कारका घटनाको बिरोध जनाएका हुन् ।

द ह्युमनिटेरिएन्स नेपाल, द परिवर्तन युवा समूह नेपाल र द नेष्ट टार्गेटले आयोजना गरेको कार्यक्रममा ऋषि शर्मा, टीका पाण्डे, विज्ञान राज, आदर्श, सुवाशी योगी, उमेश तिवारी र कपिलनाथ योगीले कविता बाचन गरेको थिए ।

तनाव छ जिन्दगी, ९९३ रेसिङ टिम र आरुष क्रियसनको सहकार्य भएको कवितात्मक बिरोध कार्यक्रममा अनिश ढकाल, सुस्मा गिरी, समिर राना र रोशनी सिंहले बलात्कारीलाई हदैसम्मको कानूनी सजाय हुनुपर्ने धारणा राखेका थिए । कार्यक्रम कपिल नाथ योगीले सञ्चालन गरेका हुन् ।

Next Post

२४ घण्टामा थपिए ४ हजार ३ सय ९२ कोरोना संक्रमित, ३ हजार ५ सय २२ डिस्चार्ज

३० आश्विन २०७७, शुक्रबार २१:२०
असोज ३०, काठमाडौ । नेपालमा पछिल्लो २४ घन्टामा ४ हजार ३ सय ९२ जना कोरोना संक्रमीत थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ […]

सम्बन्धित