
दैलेख ।
अनेरास्ववियु दैलेखका सहसंयोजक निरक खड्कामाथि अज्ञात समूहले कुटपिट गरेको छ। महाबु गाउँपालिका–२ खरिगैरामा हिँडिरहेका बेला ६/७ जनाको समूहले खड्कामाथि आक्रमण गरेका थिए।
आक्रमणबाट खड्काको बाँया हातमा गम्भीर चोट लाग्नुका साथै कपाल, ढाड तथा आँखामा चोट लागेको छ।
अनेरास्ववियु दैलेखले खड्कामाथि आक्रमण गर्ने समूहलाई कडाभन्दा कडा कारवाही गर्न माग गर्दै यदि कुनै पनि वहानामा दोषीले उन्मुक्ति पाउने खालको कुरा भएमा सशक्त कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएको छ।

