कर्णालीमा एमालेका मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ

  ।   ३ भाद्र २०८३, बुधबार २०:२९

कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट तिन जना मन्त्रीहरुले शपथ लिएका छन् | आज शपथ लिनेहरुमा  आर्थिक मामिला तथा योजना मन्त्रीको रुपमा टेक राज पछाई समाजिक बिकास मन्त्रीको रुपमा जित बहादुर मल्ल र उर्जा मन्त्रीको रुपमा कल बहादुर हमालले शपथ ग्रहण गरेका हुन्  । नवनियुक्त तिनै जना माननीय मन्त्रिज्यु एकपा एमाले बाट सफत लिएका हुन् |

सत्तारूढ दल एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच मन्त्रालय बाँडफाँटमा कुरा मिलेपछि तीन सातापछि कर्णालीको मन्त्रिपरिषद् विस्तार भएको हो ।

आजै कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर शाहीले बिश्वासको मत लिएका थिए |

नेकपासँग भएको भागवन्डाअनुसार एमालेले तीन मन्त्रालय पाएको थियो । एमालेले मन्त्रीको टुंगाे लगाए पनि नेकपाले पाएका तीन मन्त्रालयमा भने मन्त्री छनोट गरिसकेको छैन ।

Next Post

बालेन-रवि मित्रता: हामी मिलेका छौँ भन्ने पटक पटकको स्पष्टीकरण किन ?

३ भाद्र २०८३, बुधबार २०:२९
प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच सम्बन्धमा चिसोपना आएको चर्चा चलिरहेका बेला लामिछानेले त्यसको सार्वजनिक रूपमै खण्डन गरेका छन्। बरु सञ्चारमाध्यममा आएका समाचारले आफूहरूलाई अझ नजिक बनाएको उनको दाबी छ। रास्वपाको संसदीय दलको आन्तरिक छलफलपछि बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले बालेनसँग आफ्नो सम्बन्ध बिग्रिएको […]