भारतको अलमोडामा घर भत्किँदा दुई जना नेपालिकाे मृत्यु

  ।   १६ भाद्र २०८३, मंगलवार १६:४६

रोजगारीको सिलसिलामा भारतको उत्तराखण्ड अलमोडा गएका दुई जनाको घर भत्किँदा पुरिएर मृत्यु भएको छ । मृत्यु हुनेमा कालिकोटको नरहरीनाथ गाउँपालिका–९, निवासी ३५ वर्षीय चक्र दर्जी र ३४ वर्षीय डिल्ली दर्जी रहेका छन् ।

गएराति अविरल वर्षाका कारण उनीहरू बस्ने घर भत्किँदा पुरिएर मृत्यु भएको हो । ‘उहाँहरू बस्ने घर कच्ची रहेछ, रातमा सुतिरहेका बेला भत्किएको हो । चक्रका ३ छोरा, श्रीमती, डिल्लीका १ छोरा २ छोरी र श्रीमती छन् । परिवारको रोजीरोटी र छोराछोरीको भविष्यका लागि भन्दै अलमोडा गएका थिए ।

‘उहाँहरूको आर्थिक अवस्था निकै कमजोर छ उनीहरुका ‘बालबालिका १६ वर्षभन्दा मुनिका छन्, अहिले सबै बिचल्लीमा परे . परिवारहरुको चाहाना भने मृतकको शव नेपालमै ल्याएर अन्त्येष्टि गर्ने रहेको छ ।

तस्विर लक्ष्मन् बहादुर बमको फेसबुक बाट

Next Post

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (सूचीसहित)

१६ भाद्र २०८३, मंगलवार १६:४६
अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू क्षतविक्षत पारेको छ। पृथ्वी राजमार्ग, बीपी राजमार्ग, पासाङ ल्हामु सडक खण्ड, बेसीसहर-मनाङ सडक, मुगु-गमगढी सडक र गोठालापानी-झुलाघाट सडक खण्ड लगायतका मुख्य सडकहरू अवरुद्ध भएका छन्। बाढी र पहिरोका कारण यातायात पूर्ण रूपमा ठप्प भएको छ भने केही स्थानमा एकतर्फी मात्र […]