पूर्वप्रधानन्यायाधीश जबरालाई घरमै सुरक्षा व्यवस्था

  ।   ११ आश्विन २०८३, आईतवार १८:२२

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सुरक्षा खतरा देखिएकाले उनको निवासमै सुरक्षा प्रदान गरिएको नेपाल प्रहरीले स्पष्ट पारेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सन्तोष खड्काले पूर्वप्रधानन्यायाधीश जबराको सुरक्षा खतराको विषय उठेपछि उनलाई सुरक्षा दिएर राखिएको जानकारी दिए।

‘उहाँको सुरक्षाका विषयमा हामी संवेदनशील थियौँ, केही सुरक्षा खतराको कुरा आयो। प्रहरीको निगरानीमा उहाँलाई सुरक्षा दिएर राखेका थियौँ’, खड्काले भने, ‘उहाँले आफूलाई निवासमा सहज हुने भन्नुभएकाले अब उहाँलाई घरमै सुरक्षा प्रदान गर्छौं।’

सुरक्षा खतरा ठहर भएपछि जबरालाई गएराति  १२ बजेतिर प्रहरीले उनलाई घरबाट नियन्त्रणमा लिएर टेकु स्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा लगेको थियो । सुरक्षा चुनौतीका कारण उनलाई नियन्त्रणमा लिएको दाबी गरेको प्रहरीले अहिले उनको घरमा थप सुरक्षा प्रबन्ध गरिएको बताएको छ । एसएसपी खडकाले भने, ‘पहिले पनि उहाँलाई सुरक्षा प्रदान गरिएको थियो, अहिले थप सुरक्षा प्रबन्ध गरिएको छ |

 

Next Post

पूर्वप्रधानन्यायाधीश पक्राउ पछि चौतर्फी विरोध

११ आश्विन २०८३, आईतवार १८:२२
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अनाबासेक  पक्राउ गरिएको भन्दै चौतर्फी विरोध भइरहेको छ। वरिष्ठ अधिवक्ता विपिन अधिकारीले जबरालाई पूर्वसूचनाबिना मध्यराति महाराजगन्जस्थित निवासबाट प्रहरीले टेकुस्थित अपराध अनुसन्धान कार्यालय पुर्‍याएर सोधपुछ गरेको समाचार चिन्ताजनक भएको बताए। कुनै फौजदारी मुद्दामा पक्राउ नगरिएको प्रहरीको भनाइ र पर्याप्त कानुनी आधार नभई यो गरिएको उनको तर्क छ। […]