घरको जग खन्ने क्रममा माटोले पुरिएर पोखरामा दुई मजदुरको मृ*त्यु

  ।   २२ आश्विन २०८३, बिहीबार २०:२६

पोखरा महानगरपालिका–१८ अँधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको ढिस्को खस्दा दुई मजदुरको मृत्यु भएको छ।

बिहीबार करिब ७ फिट गहिरो खाल्डोमा काम गरिरहेका बेला अचानक माटो खसेर उनीहरू पुरिएका थिए। दुर्घटनामा पर्वतको महाशिला गाउँपालिका–६ फलामखानीका २९ वर्षीय विक्रम सुनार र गोरखाको पालुङटार नगरपालिका–७ का ३७ वर्षीय राजु कुमाल परेका थिए।

माटोमा पुरिएर घाइते भएका दुवै जनालाई उद्धार गरी मणिपाल शिक्षण अस्पताल लगिएको थियो। उपचारका क्रममा चिकित्सकले दुवैलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

घटनापछि वडा प्रहरी कार्यालय बगर र सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण पोखराबाट खटिएको टोलीले स्थानीयको सहयोगमा माटो पन्छाएर दुवै जनाको उद्धार गरेको थियो |

Next Post

कालिका बोर्डिंगको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो, १४ घाइते

२२ आश्विन २०८३, बिहीबार २०:२६
पोखराको कालिका बोर्डिंग स्कुलको बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ५ पुगेको छ । दुर्घटनामा परेर १४ जना घाइते भएका छन्। प्रहरीका अनुसार, मृत्यु हुनेमा ३ छात्रा र १ छात्र रहेका छन् । साथै, स्कुलबसमा लिफ्ट मागेर चढेका एक अभिभावकको समेत मृत्यु भएको प्रहरीले जनाएको छ । गण्डकी प्रदेशका डीआईजी […]