पोखराको कालिका बोर्डिंग स्कुलको बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ५ पुगेको छ । दुर्घटनामा परेर १४ जना घाइते भएका छन्।
प्रहरीका अनुसार, मृत्यु हुनेमा ३ छात्रा र १ छात्र रहेका छन् । साथै, स्कुलबसमा लिफ्ट मागेर चढेका एक अभिभावकको समेत मृत्यु भएको प्रहरीले जनाएको छ ।
गण्डकी प्रदेशका डीआईजी दीपेन्द्र जीसीका अनुसार ४ बिद्यार्थी र एक अभिभावकको मृत्यु भएको हो । घाइतेलाई उपचारका लागि गण्डकी मेडिकल कजेल र पश्चिम क्षेत्रिय अस्पतालमा पठाइएको छ ।
पोखरा–२८ स्थित बिजयपुर सैनिक ब्यारेकबाट उत्तर तर्फ माझथाना नजिक स्कुलबस दुर्घटना भएको जीसीले बताए । बिद्यार्थी लिएर स्कुलतर्फ जाँदै गरेको ग२ख १४१७ नम्बरको उक्त बस भिरबाट २ सय मिटर तल खसेको हो । घाइतेकाे उद्धारमा खटिएका एक प्रहरी जवान समेत चिप्लिएर घाइते भएका छन् ।
मृतकहरू:
१. ममता तिवारी (उमेर अनुमानित १२/१३ वर्ष) – बिहान ८:३५ बजे मृत्यु घोषणा
२. अशिम कँडेल (उमेर अनुमानित १३/१४ वर्ष) – बिहान ८:३५ बजे मृत्यु घोषणा
३. बाबुराम तिवारी (६५ वर्ष, पोखरा-२८) – (उपचारका लागि लिफ्ट मागेका यात्री), बिहान ८:३५ बजे मृत्यु घोषणा
अन्य २ जनाको पहिचान खुल्न बाँकी रहेकाे छ ।
गम्भीर घाइते:
१. अस्मी कँडेल (१५ वर्ष, पोखरा-२८) – टाउको र ढाडमा चोट
मध्यम घाइतेहरू:
२. स्नेहा गौतम (१४ वर्ष, पोखरा-२८) – टाउकोमा चोट
३. सोनिया तिवारी (१३ वर्ष, पोखरा-२८) – टाउकोमा चोट
४. अंकित पराजुली (१३ वर्ष, पोखरा-२८) – टाउकोमा चोट
५. स्मृती खत्री (१५ वर्ष, मादी गाउँपालिका-१२) – टाउकोमा चोट
६. स्नेहा तिवारी (१६ वर्ष, मादी गाउँपालिका-१२) – टाउकोमा चोट
७. आकृती बुढाथोकी (१४ वर्ष, मादी गाउँपालिका-१२) – टाउकोमा चोट
८. मेरिना तिवारी (१५ वर्ष, मादी गाउँपालिका-१२) – टाउकोमा चोट
९. सुप्रिया आचार्य (१४ वर्ष, मादी गाउँपालिका-१२) – टाउकोमा चोट
१०. यमन मगर (१६ वर्ष, मादी गाउँपालिका-१२) – टाउकोमा चोट
११. तुल बहादुर गुरुङ (५७ वर्ष, चालक, पोखरा-१५) – ढाड र छातीमा चोट
मध्यम घाइतेहरू (बोल्न सक्ने अवस्थामा):
१. सृष्टि तिवारी (१६ वर्ष, पोखरा-२८ सौर्य, कक्षा १०) – टाउको, दायाँ कुम, कम्मर र दायाँ खुट्टामा चोट
२. शिसन थापा मगर (१६ वर्ष, पोखरा-२८ सौर्य, कक्षा १०) – टाउको, ढाड र दुवै हातमा चोट
३. सौगात तिमिल्सिना (१६ वर्ष, पोखरा-२८ डाँडागाउँ, कक्षा १०) – टाउको, ढाड र दुवै खुट्टामा चोट
उद्धार कार्यमा खटिएका इलाका प्रहरी कार्यालय शिशुवामा कार्यरत ३१ वर्षीया प्रहरी जवान अर्जुन शाही सामान्य घाइते भएका छन्। उनको पश्चिम क्षेत्रीय गण्डकी अस्पतालमा उपचार भइरहेको छ |
।

