लोकतन्त्रवादी शक्ति एकजुट हुन् कांग्रेसको आह्वान

  ।   ३० असार २०८३, मंगलवार ०४:५९

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभापति गगनकुमार थापाको निजी निवास र सञ्चारमाध्यमको प्रवेशद्वार तथा व्यवसायीहरूको नियमित आवागमन हुने कार्यक्षेत्रमा अपरिचित व्यक्तिहरूले सवारीसाधन तेर्स्याएर आवागमन अवरुद्ध गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नेपाली कांग्रेस पार्टीका  महामन्त्री प्रदीप पौडेलले सोमबार जारी गरेको विज्ञप्तिमा उक्त घटनालाई स्वतन्त्र अभिव्यक्ति र लोकतान्त्रिक गतिविधिलाई त्रसित बनाउने नियोजित प्रयास भएको उल्लेख गरिएको छ।

कांग्रेसले यस्ता गतिविधि लोकतान्त्रिक मूल्य, विधिको शासन र नागरिक स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको जनाएको छ। साथै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनब मोजिम कारबाही गर्न सरकारसँग माग गरेको छ।

विज्ञप्तिमार्फत कांग्रेसले लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिक अधिकारको संरक्षणका लागि लोकतन्त्रवादी शक्ति, सञ्चारजगत्, नागरिक समाज तथा आम नागरिकलाई यस्ता अलोकतान्त्रिक गतिविधिविरुद्ध एकजुट भएर प्रतिवाद गर्न पनि आह्वान गरेको छ।

Next Post

दूरसञ्चार प्राधिकरणमा र प्रेस काउन्सिलमा घिमिरे र श्रेष्ठ नियुक्त

३० असार २०८३, मंगलवार ०४:५९
दूरसञ्चार प्राधिकरणमा र प्रेस काउन्सिलमा घिमिरे र श्रेष्ठ नियुक्त नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को यही असार २४ गतेको निर्णयअनुसार उहाँहरू नियुक्त हुनुभएको हो ।नवनियुक्त अध्यक्षद्वयले आज सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गर्नुभएको छ ।दूरसञ्चार […]