नेपालीहरूको महान् चाड बडादशैं सुरु भएसँगै गाउँघरमा दशैंको रौनक छाएको छ । बजारमा किनमेल गर्ने, नयाँ लुगा लगाउने, मीठोमसिनो खाने, घरआँगन सफा गर्ने र मान्यजनबाट टीका तथा आशीर्वाद ग्रहण गर्ने परम्पराले दशैंलाई उल्लासमय बनाउने गर्छ ।
कुनै समय दशैं आउनुअघि दैलेखको साबिकको तोलीजैसी गाबिस वडा न. ७ हालको ठाटीकाध गाउ पालिका ६ छडाथान गाउँका बासिन्दा दशैंको स्वागत गर्न घरलाई नयाँ रूप दिने रातो माटो लिन छिमेकी टोल पाचलमा रहेको मालिका माबी बिद्द्यालयको हाता भित्र क्षेत्रमा रहेको जग्गामा माटो लिनेको चटारो हुन्थ्यो । घर पोत्न मिल्ने चिम्टिया रातो माटो पाइने ठाउँमा सर्वसाधारणको बाक्लो उपस्थिति देखिन्थ्यो । घरका भित्ता सफा गरेर माटोले पोत्ने र झ्यालढोकामा पानीले सफा गरेर चम्काउने काम घरपरिवारका सदस्य मिलेर गर्थे । यो परम्पराले घरको सरसफाइ र सौन्दर्यसँगै चाडपर्वको उत्साह पनि बढाउँथ्यो ।
केही वर्षअघिसम्म दशैं आउन लाग्दा घर पोत्ने माटो लिन जानेहरूको चहलपहल निकै हुने गरेको छाडाथान निवासी बुद्दिजिबी तथा मालिका माबी पाचालाका प्रअ धिर बहादुर शाही बताउनु हुन्छ । चिम्टियाइलो माटो र रातो माटो पाइने ठाउँमा सर्वसाधारणको भीड लाग्ने गरेको सम्झना ताजै रहेको उहाँको भनाइ छ । माटोले लिपपोत गरेपछि घर सफा, सुन्दर र चिटिक्क देखिने गरेको उहाँले बताउनुभयो तर अहिले त्यस्तो दृश्य कमै देख्न पाइन्छ । गाउँघरमा समेत सिमेन्टको प्रयोग बढेकोले र कमेरो र इनामेलको प्रयोगले गर्दा परम्परागत चालचलन हराउदै गएको उअनको बुझाइ रहेको छ | ढुङ्गा, माटो र काठ प्रयोग गरेर बनाइने घरको ठाउँमा पक्की घर बन्न थालेका छन् घरको बाहिरी तथा भित्री भित्तामा सिमेन्टको प्लास्टर गरेर विभिन्न प्रकारका आधुनिक रङ लगाउने प्रचलन बढेकोले यससँगै रातो माटोको प्रयोग पनि घट्दै गएको उहाँले बताउनुभयो ।
घरको बनावट परिवर्तन हुनु मात्र नभई मानिसको जीवनशैलीमा आएको परिवर्तनले पनि परम्परागत लिपपोतको प्रचलनलाई प्रभावित बनाएको गाउका मान्यजन तथा समाजसेबी द्गार्मिका ब्यक्तितो नरबहादुर शाही बताउनु हुन्छा । पहिले घर पोत्ने कामलाई दशैंको तयारीकै रूपमा लिइन्थ्यो । घरका भित्ता पोत्ने, आँगन सफा गर्ने र झ्यालढोका चिटिक्क पार्ने काममा परिवारका सदस्य जुट्थे । अहिले भने बजारमा पाइने रङ र अन्य निर्माण सामग्रीको प्रयोगबाट छोटो समयमा घर सजाउने प्रवृत्ति बढेको छ । यसले परम्परागत सीप र त्यससँग जोडिएको सामूहिक अभ्यासलाई क्रमशः विस्थापित गर्दै लगेको शाहीले बताए ।
परम्परागत सैलिका घरको सौन्दर्यमा रातो माटोले र विशेष स्थान दिएको थियो । माटोले बनेका घरका भित्ता पोत्दा घर सफा र आकर्षक देखिन्थे । रातो माटोले भित्तामा राताम्मेपन ल्याउँथ्यो । यी सामग्री प्रयोग गर्नुको उद्देश्य घर सजाउनु मात्र थिएन, किम्ब दन्तिअनुसार् यो गाउमा छाडा देवती र धौलापडा मालिका माइका कारण यो गाउमा सेतो कमेरो प्रयोग गर्न पाइदैनथ्यो | घरको छाना खरले मात्र छाउनु पर्ने प्रचलन थियो भने घरको चुली नि चिन्न नपाइने भनेर खालि राख्दथ्य भने अनाज कुटिपिसी गर्न ढइक्की हाल्न पाइदैन थ्यो हातेमुसलले कुट्नु पर्ने बाधेता रहेको थियो |

रातो माटोले लिपपोत र सिंगार पटार गर्दा रताम्बे देखिने यो गाउ अहिले भने घर बनाउदा देवता हरुलाई धजा अक्षेता र बलि दिएर सबै कुरा फुक्का गराई घर निर्माण दर्दा गाउको पैचान नै फरक हुन थालेको छ |
