दैलेखमा दुई बालिका मृत फेला

  ।   १० कार्तिक २०८३, सोमबार २०:०७

दैलेखको भगवतीमाई गाउँपालिका–४ मनघरमा दुई बालिका मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार भगवतीमाई गाउँपालिका–४ मनघरमा दुई बालिका  १३ र १४ वर्षीया बालिका घरनजिकैको जंगलमा मृत अवस्थामा फेला परेका हुन्।

दुवै बालिका  जङ्गलमा झुडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

मृतक दुवै बालिका नाताले दिदीबहिनी पर्ने जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी पुष्पराज रोकायलले जानकारी दिए।
उनका अनुसार दुवै बालिका गएराति एउटै घरमा बसेका थिए। राति घरबाट निस्किएका उनीहरू बिहान घरभन्दा केही टाढा रहेको जंगलमा मृत अवस्थामा भेटिएका हुन्।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको र थप विवरण आउन बाँकी रहेको सूचना अधिकारी रोकायलले बताए।

Next Post

लुम्बिनी लायन्स द्रारा, सुदूरपश्चिममाथि प्रभावशाली जित

१० कार्तिक २०८३, सोमबार २०:०७
लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिगको तेस्रो सिजनमा सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्दै उपाधि बचाउ अभियान प्रभावशाली रूपमा सुरु गरेको छ। गत दुई सिजन नै फाइनलमा पराजित सुदूरपश्चिमले यसपटक कमजोर सुरुआत गरेका कारण त्यसको फादा लुम्बिनीले  लिएको छ  हो । किशोर महतो र शेर मल्लको उत्कृष्ट बलिङ तथा डी’आरसी शट […]