डाक्टरले गरे रक्तदान, सुत्केरीको जोगियो ज्यान

  ।   १६ आश्विन २०७७, शुक्रबार ११:४७

मनोज डाँगी

रुकुम पश्चिम असोज १६

जिल्ला अस्पतालका डाक्टरले रगत दिए पछी रुकुम पश्चिममा एक सुत्केरीको ज्यान जोगिएको छ । होम डेलिभरी भएर पाठेघर बाहिर निस्केको र पाठेघरको मुख च्यातिएर अत्याधिक रक्तश्रावका कारण हेमोग्लोबिनको कमी भएर समस्यामा परेकी सुत्केरीको ज्यान जोगिएको हो ।

मुसिकोट नगरपालिका ७ की ३५ वर्षीया सुशिला घर्तीलाई जिल्ला अस्पताल सल्लेमा कार्यरत डाक्टर राजकुमार भुजेलले रक्तदान गरेपछी महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर केहल विक्रम जिसीको टिमले घर्तीको शल्यक्रिया गरेको थियो । सल्यक्रिया पछी अहिले बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको डा. भुजेलले जानकारी दिनुभयो । महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर जिसी आएपछि जिल्लामा जटिल प्रकृतिका प्रसुती तथा महिलाहरुको रोगको लागि उपचार तथा शल्यक्रियामा सहज भएको उहाँले बताउनुभयो । यद्यपी जिल्लामा ब्लड बैंक नुहँदा भने विरामीहरुको सल्यक्रिया गर्न समस्या हुने गरेको डा. भुजेलको भनाई छ ।।

Next Post

पेशागत मर्यादा र जन अपेक्षासहितको पत्रकारिता आजको आबश्यकता : केसी

१६ आश्विन २०७७, शुक्रबार ११:४७
गोबिन्ददेव भारती, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश कमिटीका सदस्य गोबिन्द केसीले पत्रकारिता पेशालाई मर्यादित बनाउने जिम्मेवारीपनि स्वयं पत्रकारहरुकै हातमा रहेको बताउनु भएको छ । सत्य र तथ्यमा आधारित भइ समाजको अपेक्षा अनुसार समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिदै उहाले जतिसुकै चुनौतिको सामना गर्नु परेपनी सहि समाचारलाई बाहिर ल्याउन भने डराउन नहुने […]

सम्बन्धित