अनार खाँदै हुनुहुन्छ ? ख्याल राख्नुस् यी कुरा

  ।   १० जेष्ठ २०८०, बुधबार १४:०६

जब फलफूल र तरकारीको कुरा आउँछ, प्रत्येक फलफूल र तरकारी अनुसार फरक-फरक र अदभूत गुणहरू हुन्छन्। जसले हाम्रो शरीरलाई निक्कै नै फाइदा दिन्छ र शरीरलाई स्वस्थ्य राख्न मद्धत गर्दछ। फलफूलले रोगहरूको रोकथाम र उपचारमा पनि मद्धत गर्दछ।

जस धेरै स्वस्थकर फलफूलको कुरा आउँद तपाईं हामीहरूको सबैको दिमागमा एक पटक अनारको नाम याद आउछ। अनार खाने कुरा आउँदा यसको फाइदाले हामीलाई आकर्षित गर्दछ।

अनारको धेरै फाइदाहरू रहेका छन्। तर, अनार सेवनले फाइदामात्रै नभएर केही कुरामा बेफाइदापनि भइरहेको हुन्छ।

अनारले के असर गर्छ त?

१. अनार पेटमा ग्यासको कारण बन्न सक्छ

अनारको अत्याधिक सेवनले कुनै प्रत्यक्ष साइड इफेक्ट नदिए पनि यसले केही ग्यास्ट्रिक समस्या निम्त्याउन सक्छ। जब तपाईंको पेट संवेदनशील हुन्छ, यो फलले पेट दुखाइ र अपच जस्ता अवस्थाहरू निम्त्याउन सक्छ।

२. रगतमा चिनीको मात्र बढाउन सक्छ

मधुमेहका रोगीहरूले अनारको सेवन गर्दा होसियार हुनुपर्छ किनभने यो फल उच्च चिनीको मात्राका साथै कार्बोहाइड्रेटका लागिपनि परिचित छ।

यदि तपाईं आफ्नो आहारमा चिनीको बारेमा चिन्तित हुनुहुन्छ भने, तपाईं यो फलको सट्टा अन्य फलहरू रोज्न सक्नुहुन्छ। वा यसको सेवन सीमित गर्नुहोस्।

३. औषधीसँग प्रतिक्रिया दिन सक्ने

अनारको सेवनले केही औषधीसँग प्रतिक्रिया दिन सक्ने बताइएको छ। यदि तपाईं नियमित औषधी सेवन गर्दै हुनुहुन्छ भने अनारको सेवनमा सावधानी अपनाउनु पर्ने हुन्छ।

अनारको सेवनले धेरै फाइदाहरू भएपनि यसका आफ्नै बेफाइदाहरू पनि छन्, जसलाई तपाईंले ध्यान दिनुपर्छ।

Next Post

नदीमा डुबेर दुई जना युवतीको मृत्यु

१० जेष्ठ २०८०, बुधबार १४:०६
जेठ-१०, नेपालगञ्ज । बाँकेको राप्ती नदीमा डुबेर दुई जना युवतीको मृत्यु भएको छ । डुडुवा गाउँपालिका वडा नम्बर ४ स्थित राप्ती नदीको सिधानियाघाटमा वनभोज खान गएका कोहलपुर नगरपालिका–२ की २९ वर्षीया शारदा चौधरी र नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरकी २५ वर्षीया सरिता चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब […]

सम्बन्धित