कलेजमा पढाउन थाले मिनेन्द्र रिजाल

  ।   २९ जेष्ठ २०८०, सोमबार ०७:४१

काठमाडौ । काङ्ग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले क्याम्पसमा पढाउन थालेका छन् । उनले काठमाडौंस्थित एपेक्स कलेजमा पढाउन थालेका हुन् ।

नेता रिजालले १९ वर्षपछि कलेजमा पढाउन थालेको बताएका छन् । उनले अब प्रत्येक आइतबार बिहान ८ देखि १० बजेसम्म पढाउने बताएका छन् ।

रिजाल अर्थशास्त्रमा पीएचडी हुन् । उनले पढाउन थालेको एपेक्स कलेज उनकै लगानीमा सुरु भएको विजनेस म्यानेजमेन्टसम्बन्धी कलेज हो । एपेक्स कलेज उनले गत वर्ष मात्र बेचेका थिए ।

Next Post

सुडानमा २४ घण्टे युद्धविराम सकिएको १० मिनेटमै सुरु भयो भिडन्त

२९ जेष्ठ २०८०, सोमबार ०७:४१
एजेन्सी / सुडानको राजधानी खार्तुममा २४ घण्टे युद्धविरामको अन्त्यपछि आइतबार देखि गोलाबारी र गोली हानाहान पुनः सुरु भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। गत अप्रिलको मध्यदेखि उत्तरपूर्वी अफ्रिकी देशमा सेना प्रमुख अब्देल फत्ताह अल बुरहान र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेज    (आरएसएफ) को नेतृत्व सम्हालिरहेका उनका पूर्वसहयोगी मोहमद हमदान डग्लोको समूहबीच आपसी […]

सम्बन्धित