अमेरिकी राष्ट्रपतीय चुनावको नतिजा आउन सुरु, बाइडनको अग्रता

  ।   १९ कार्तिक २०७७, बुधबार ०९:२९

एजेन्सी/वासिङटन ।

विश्वको ध्यान तानेको अमेरिकी राष्ट्रपतीय चुनावको नतिजा आउन सुरु भएको छ। कोरोना महामारीका बीच मंगलबार सम्पन्न राष्ट्रपतीय चुनावको नतिजा आउन थालेको हो।

हालसम्मको नतिजामा जो बाइडनले बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पलाई पछि पारेका छन्।

५० राज्यमध्ये १२ वटा राज्यको नतिजा आउँदा बाइडनका ७३ इलेक्टोरल कलेजका प्रतिनिधि छानिएका छन् भने प्रतिस्पर्धी ट्रम्पका ४८ प्रतिनिधि छानिएका छन्।

यसैगरी बाइडनले ४ वटा राज्यमा अग्रता कायम गरेका छन् भने ट्रम्पले २ वटा राज्यमा अग्रता लिएका छन्।

अमेरिकी राष्ट्रपति चुनिनका लागि २७० इलेक्टोरल कलेजका प्रतिनिधि आवश्यक हुन्छ।

मंगलबार राति अबेरसम्म भोट खसालिएकाले चुनावको अन्तिम नतिजा आउन भने ढिला हुने बताइएको छ।

Next Post

ओलीलाई नेपालको जवाफ: ढाँट, छल र कपट गरेर केटाकेटी पारा नदेखाउनुस्

१९ कार्तिक २०७७, बुधबार ०९:२९
कार्तिक १९, काठमाडौं । प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच अघिल्लो मंगलबार एकापसमा दोषारोपण गर्ने काम मज्जैले भयो । प्रधानमन्त्रीले फकाउने शैलीमा भने, ‘अबको महाधिवेशनपछि म अध्यक्षमा उठ्ने होइन । चुनावमा उठेर फेरि प्रधानमन्त्री हुने पनि होइन । तपाईंलाई दिने भनेर भनिआएकै छु । तपाई–हामी मिलेर यत्रो दुःखका […]