भियनामा नेपाली महिलाद्वारा आफ्नै तीन बच्चाको हत्या

  ।   ३ कार्तिक २०७७, सोमबार ०७:४०

ब्रसेल्स

अष्ट्रियाको राजधानी भियनामा एक नेपाली महिलाले आफ्नै अपार्टमेण्टमा ३ बच्चाको हत्या गरेकी छन्। बागलुङ्ग घर भएकी भट्टराई थरकी ३१ वर्षीया ती महिलाका तीन बच्चा मध्ये सबैभन्दा सानो बच्चा ८ महिनाको भएको प्रहरीलाई उद्धृत गर्दै पत्रकार रविचन्द्र भट्टराईले बताए। दुई बालिकाहरु नौ र तीन वर्षका थिए।

ती महिलाले बिहान ५ बजे र २० मिनेटमा पुलिसलाई आफैँले खबर गरेकी थिइन्। महिलाले आफैँ पनि मर्न चाहेको बताएकी थिइन् र प्रहरीको उपस्थितिमा उनी घटनास्थलमा नै रहेको बताइएको छ। प्रहरी घटना स्थलमा पुग्दा नौ वर्षीया बालिका जिवित नै थिइन्। उनलाई तत्कालै अस्पतालमा लगिएको थियो तर उनको पछि मृत्यु भएको जनाएको छ।

बाग्लुङ्ग घर भएका ३४ वर्षीय अर्याल थरका पुरुषले १० वर्ष अगाडि कुनै आफन्तले चिनेजानेको आधारमा विद्यार्थी भिसामा ल्याएर बुटवलकी २१ वर्षीया भट्टराई थरकी युवतीलाई अष्ट्रियामा सन् २०१० मा विहे गरेका थिए। गत अक्टुबर ३ मा श्रीमान् श्रीमतीसँगै भएर ३ वर्ष पुगेकी छोरीको जन्मदिन मनाएको फोटो र फेसबुकमा लाईभ भिडियो राखिएको नेपाल पत्रकार महासंघ युरोप सदस्य रबिचन्द्र भट्टराईले बताए।

घटनाको कारण अझै स्पष्ट नभएको भियना प्रहरीले बताएको छ। भियनामा ५ सयभन्दा धेरै नेपाली परिवारको बसोबास छ। यो घटनाबारे बुझ्न खोज्दा नेपाली राजदुत मणि भट्टराई बोल्न चाहेनन्। @annapurnapost.com

Next Post

लोकसेवाले स्थगित गर्‍यो परिक्षा

३ कार्तिक २०७७, सोमबार ०७:४०
कात्तिक ३, काठमाडौं । लोक सेवा आयोगले कात्तिक १६ गतेदेखि लिने सम्पूर्ण लिखित परीक्षा स्थगित गरेको छ । आयोगले सोमबार एक सूचना जारी गर्दै कोरोना महामारीका कारण परीक्षामा सहभागी हुने उम्मेदवारहरुमा सिर्जना भएको भय र आयोगका कर्मचारीहरुमा समेत संक्रमण पुष्टि भएका कारण अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको […]

सम्बन्धित