कंगोमा बाढी पहिरोका कारण २०० भन्दा बढीको मृत्यु

  ।   २४ बैशाख २०८०, आईतवार १०:१२

एजेन्सी / कंगोमा बाढी र पहिरोमा परी २०० भन्दा बढीको मृत्यु भएको छ ।

कंगोको किवु प्रान्तको कालेह क्षेत्रमा बिहीबार भारी वर्षा भएको थियो । सो क्षेत्रका दुई गाउँमा बाढीले धेरै नै क्षति पुर्‍याएको छ ।

कालेह क्षेत्रबाट २०३ जनाको शव संकलन गरिएको त्यहाँका प्रशासक थोमस बाकेङ्गालाई उद्धृत गर्दै सीबीएस न्यूजले जनाएको छ ।

रेडक्रस लगायतका सहायताकर्मीको टोली उद्धार तथा राहत कार्यमा खटिएका छन् । कंगोका डाक्टर एवम् नोबेल शान्ति पुरस्कार विजेता डेनिस मुकवेगले पनि मेडिकल टोली प्रभावित क्षेत्रमा पठाइएको बताएका छन् ।

दुई दिन अगाडि कंगोको छिमेकी देश रुवान्डामा पनि बाढी पहिरोबाट १०३ जनाको मृत्यु भएको थियो ।

Next Post

५४ तोला सुन र ८ केजी चाँदीसहित दुगड ग्रुपका लेखापाल पक्राउ

२४ बैशाख २०८०, आईतवार १०:१२
बैशाख-२४, विराटनगर । भारततर्फ लैजान लागेको अवैध ५४ तोला सुन र ८ केजी चाँदीसहित व्यापारिक घरना दुगड ग्रुपका लेखापाल पक्राउ परेका छन् । कोशी प्रदेश प्रहरीले रानी नाकातर्फ जाँदै गरेको को. २ च १४९५ नम्बरको इको भ्यानबाट सो सुनचाँदी बरामद गरेको हो । दुगड ग्रुपका लेखापाल र उनकी श्रीमतीसँग सात […]