अक्सिजन आपूर्तिमा अवरोध सिर्जना गर्नेलाई फाँसी दिन दिल्ली हाइकोर्टको आदेश

  ।   ११ बैशाख २०७८, शनिबार १८:०५

एजेन्सी।

भारतमा अक्सिजन आपूर्तिमा कुनै पनि निकाय तथा व्यक्तिले अवरोध गराए फाँसी दिने आदेश जारी भएको छ । दिल्लीस्थित हाईकोर्टले एक अस्पतालले दायर गरेको उजुरीमा सुनुवाई गर्दै फाँसी दिने आदेश जारी भएको भारतीय समाचार माध्यमहरुले बताएका छन् ।

न्यायाधीसद्वय जस्टिस विपिन साँघी र जस्टिस रेखा पल्लीको इजलासले अक्सिजन आपूर्तिमा अवरोध गराउनेलाई फाँसी दिने पक्षमा वकालत गरेको बताइएको छ ।

भारतको महाराजा अग्रसेन अस्पतालले बिरामीको अवस्थालाई मध्यनजर गर्दै चाँडो भन्दा चाँडो अक्सिजन उपलब्ध गरान दिल्लीस्थित हाइकोर्टमा निवेदन दिएको थियो ।

अदालतले दिल्ली सरकार, केन्द्र सरकार र स्थानीय सरकारलाई पनि अक्सिजन वितरण तथा उपलब्ध गराउने कार्यमा अवरोध गर्नेहरुको पहिचान गर्न र निगरानी गर्न भन्दै अवरोध सृजना गर्नेहरुलाई फाँसी दिने जनाएको छ ।

भारतमा कोरोना महामारी अत्याधिक बढ्दै जाँदा अक्सिजनको अभावका कारण धेरैले ज्यान गुमाइरहेका छन् ।

Next Post

सबै परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिस

११ बैशाख २०७८, शनिबार १८:०५
१२ वैशाख, काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सोमबारदेखिका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । आइतबार बसेको बैठकले सोमबारदेखि हुने सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको सीसीएमसी स्रोतले जानकारी दिएको छ । यो सिफारिस अनुसार अब विद्यालय र क्याम्पसका सबै परीक्षाहरु स्थगित हुनेछन् । यसअघि मन्त्रिपरिषद […]