
एजेन्सी ।
सन्सार भरि नै आफ्नो भविश्यको चिन्ता गर्ने मानिसहरु भेटिन्छन् । उनीहरु आफ्नो भविश्य राम्रो बनाउन समेत चाहन्छन् । यसका लागि उनीहरु ज्यातिषको सहारा लिन्छन् । सन्सारमा ज्योतिष पनि किसिम किसिमका हुन्छन् ।
२१ औँ शताब्दीमा पनि मानिसहरु सामाजिक अन्ध विश्वासमा नै छन् । आफ्नो भविष्य कस्तो होला, के होला भनेर कतिपय मानिसहरु ज्योतिषमाथि पूर्णतया निर्भर बन्ने गरेका छन् ।
आफ्नो भविष्य बारे चिन्ता हुनु जायजै भएपनि अन्ध विश्वास मान्नु भने एक अनौठो विश्वासको रुपमा लिन सकिन्छ ।
आफ्नो जिज्ञासा मेटाउन प्राचिन कालदेखि चलिआएका हात हेर्ने, जन्म कुण्डली हेर्ने, चिना हेर्ने लगायतका कुरामा मानिसहरु अझै पनि ज्योतिषकहाँ धाउने गर्छन् ।
ज्योतिषहरुको पनि आ–आफ्नै हात हेर्ने तरिका रहेको पाइन्छ । हालै हाम्रो देशको छिमेकी मुलुक चीनका एक ज्योतिषीको भिडियो सार्वजनिक भएको छ । उनी महिलाहरुको स्तन समातेर जन्म कुण्डली हेर्ने गर्छन् ।
उनको जन्म कुण्डली हेर्ने यस्तो तरिकाले दुनियाँलाई नै चकित पारेको छ । यी ज्योतिषीले युवतीहरुको स्तनमा हात राखेर उनीहरुको भविष्य बताउने गर्छन् । आफ्नो भविष्य हेर्नलाई महिलाहरु पनि घण्टौँ लामो लाईनमा बस्ने गरेका छन् । यो भिडियो क्लिप झियाओ युवेन भन्ने सामाजिक सञ्जाल प्रयोगकर्ताले अपलोड गरेका थिए ।
