अमेरिकी राष्ट्रपति निर्वाचन : प्रतिस्पर्धा कडा, धाँधली गर्न लागेको ट्रम्पको आरोप

  ।   १९ कार्तिक २०७७, बुधबार १७:०४

न्युयोर्क, कात्तिक १९

अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्र्याट पार्टीका उम्मेदवार जो बाइडनको जित कठिन देखिन थालेको छ । रिपलब्लिकन पार्टीका उम्मेदवार समेत रहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले ठुला राज्यमा शुरुवाती अग्रता बनाएका छन् । जसले गर्दा बाइडनको जित हुनेमा आशंका उत्पन्न हुन थालेको अन्तराष्ट्रिय संचारमाध्यमले जानकारी दिएका छन् । तर, प्रतिस्पर्धा कडा देखिएको छ ।

यो समाचार तयार पर्दासम्म बाइडेनले २२४ र ट्रम्पले २१३ इलेक्टोरल कलेजको मत प्राप्त गरेका छन् । निर्वाचित हुनका लागि ५३८ मत मध्ये २७० ल्याउनुपर्नेछ । त्यसका लागि बाइडनले पेन्सेभेलियामा जित निकाल्नुपर्ने बताइएको छ । हालसम्म त्यहा ६४ प्रतिशत मतगणना हुदा ट्रम्पले सात लाख भन्दा बढि मतको अग्रता बनाएका छन् । २९ इलेक्टोरल मत रहेको फ्लोरिडामा पनि ट्रम्प जितको नजिक पुगेका छन् । ९६ प्रतिशत मतगणना हुँदा ट्रम्पले झण्डै चार लाख मतको अग्रता लिएका छन् । जर्जियामा कडा टक्कर भएको छ । एरिजोनामा भने बाइडन विजयीतर्फ अग्रसर भएका छन् । त्यहा ११ इलेक्टोरल मत रहेको छ ।

धेरै राज्यमा मतदान सकिएको छ । तर, पश्चिम अमेरिकामा मतदान भईरहेको छ । झण्डै १० करोड मतदाताले हुलाकमार्फत अग्रिम मतदान गरेका छन् । यही मतलाई लिएर दुई पक्षबीच आरोप प्रत्यारोप हुने र मतगणना प्रभावित बन्न सक्ने अनुमान पनि गरिएको छ । अन्तिममा यही मत निर्णायक हुने ठानिएको र डेमोक््रयाटहरुले शुरुमै मतदान गरेको बताइएको छ ।

मतगणना जारी रहेका बेला दुबै उम्मेदवारले सार्वजनिक प्रतिक्रिया दिएका छन् । बाइडेनले समर्थकहरूलाई सम्बोधन गरेका छन् भने ट्रम्पले ट्विटबाट धारणा सार्वजनिक गरेका छन् । ट्रम्पले केही समयपछि सम्बोधन गर्ने जानकारी दिएका छन् ।

समर्थकलाई सम्बोधन गर्दै बाइडेनले आफूहरू जिततर्फ अग्रसर भएको उल्लेख गर्दै धैर्यता राख्न अनुरोध गरेका छन् । उनले आफूहरूले पेन्सिलभेनियामा पनि अन्तिममा जित्ने दाबी गरे । उता ट्रम्पले पनि आफूले विशाल जित हासिल गर्न लागेको बताएका छन् । तर डेमोक्र्याटहरूले धाँधली गर्न लागेको उनको आरोप छ । ‘उनीहरूले गलत तरिकाले चुनावलाई प्रभाव पार्न खोजेका छन्, त्यस्तो हुन दिइने छैन । मतदान स्थल बन्द भएपछि भोट हाल्न पाइँदैन,’ उनले लेखेका छन् ।

Next Post

सुर्खेतमा सात जना जुवाडे पक्राउ

१९ कार्तिक २०७७, बुधबार १७:०४
मनोज डाँगी कार्तिक १९, सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा ५६ हजार रूपैयाँसहित सातजना जुवाडेलाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–७, स्थित निर्मला शाहीको घरबाट जुवाडेहरूलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा २९ बर्षिया निर्मला शाही, ३१ वर्षीय खगेन्द्र खत्री, २९ वर्षीय चेतन आचार्य, सोही नगरपालिका वडा नम्बर ८ का […]