बिल गेट्स दम्पतीले गरे सम्बन्ध विच्छेद

  ।   २१ बैशाख २०७८, मंगलवार ०७:५९

एजेन्सी ।

माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्स सम्बन्ध विच्छेद गर्ने निर्णयमा पुगेका छन् ।

२७ वर्षको वैवाहिक सम्बन्ध तोडिएको जानकारी उनीहरुले सामाजिक सन्जालमार्फत् दिएका हुन् । बिल गेट्सले ट्वीटरमा संयुक्त वयान सार्वजनिक गरेका छन्, जसमा लेखिएको छ, ‘धेरै सोचविचार गरेर हामीले आफ्नो वैवाहिक सम्बन्धलाई अन्त्य गर्ने निर्णय गरेका छौं ।’

बिल र मेलिन्डाको पहिलो भेट सन् १९८० को दशकको अन्तिमतिर भएको थियो, जतिबेला मेलिन्डाले माइक्रोसफ्ट कम्पनीमा जागिर सुरु गरेकी थिइन् । उनीहरुका तीन सन्तान छन् ।

दुवै मिलेर बिल एण्ड मिलिण्डा गेट्स फाउन्डेसन चलाउँदै आएका छन् । सम्बन्ध विच्छेद गरे पनि फाउन्डेसनका लागि भने दुवै मिलेर काम गर्ने उनीहरुले जानकारी दिएका छन् ।

Next Post

चट्याङ लागेर वडा सदस्यको मृत्यु

२१ बैशाख २०७८, मंगलवार ०७:५९
बैशाख २१, बैतडी । बैतडीमा चट्याङ लागेर एक जना वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ रोडीदेवलका वडा सदस्य गोविन्दसिंह भण्डारी रहेका प्रहरीले जनाएको छ । उनको सोमबार राति ८:३० बजेको समयमा चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक […]