
एजेन्सी ।
राज्य संचालनको लागि कानुन बनाउने संसदमा हुने कतिपय हर्कतले नागरिकलाई हैरान बनाउने गर्छ । कहिले काँही नेपालको संसदमा पनि हंगामा हुने गरेको छ । तर नेपालमा मात्र होइ अन्य मुलुकका संसदमा पनि कहिले काँही हंगामा हुन्छ । त्यस्तै ताइवानको संसदमा सत्तारुढ र विपक्षी सांसदहरुबीचको हंगामा हेर्न लायक छ ।
संसदमै आपसमा मुक्का प्रहार गर्नुका साथै उनीहरुले सुंगुरको मासुले प्रधानमन्त्रीमाथि प्रहार गरेका छन्। अमेरिकाबाट सुंगुरको मासु आयात गर्ने सरकारको निर्णयको विरोध गर्दै यस्तो घटना भएको हो । विपक्षीहरुले सरकारको त्यस्तो निर्णयको विरोध गरेका हुन् । विरोध गर्ने तरिका यस्तो भयो की विश्वलाई नै हेर्न लायक बनायो ।
राष्ट्रपति साइ यिङ वेनले आगामी जनवरी १ देखि र्याक्टोपामिन भएको सुँगुरको मासु आयात गर्ने घोषणा गत अगस्टमै गरेकी थिइन्। बोसो घटाएर मासुको मात्रा बढाउन सुँगुरको र्याक्टोपामिन खुवाउने गरिन्छ। तर यस्तो गर्दा मानिसको स्वास्थ्य खराब हुने बताइएको छ । मानिसको स्वास्थ्य विगार्ने अस्वस्थयकर मासु ल्याउन लागेको भन्दै विपक्षी दलले विरोध गरेका हुन् ।
सो पार्टीका सांसदले प्रधानमन्त्री सु सेङ चाङलाई बोल्न अवरोध गरिरहेका थिए। शुक्रबार भने सत्तापक्षीय सांसदहरुको घेरामा बसेर जब प्रधानमन्त्री बोल्न थाले तब विपक्षीहरुले सुँगुरको मासुले उनीतर्फ प्रहार गरे। अन्तमा प्रधानमन्त्रीले बोल्ने प्रयास त्यागिदिए।

