स्पेनमा आपतकाल घोषणा

  ।   २४ आश्विन २०७७, शनिबार १३:३३

एजेन्सी ।

स्पेनको राजधानी मड्रीडमा आपतकालीन अबस्थाको घोषणा गरिएको छ ।

स्पेनको राजधानी मड्रिडमा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा बढ्न थालेपछि स्पेन सरकारले आपतकालीन अवस्थाको घोषणा गरेको हो । मड्रिडमा १५ दिनका लागि आपतकालीन अवस्था लागू हुने भएको बीबीसीले जनाएको छ ।

मड्रिडको स्थानीय प्रशासनले लकडाउन लागू गर्न नचाहेपछि केन्द्र सरकारले आपतकालीन अवस्था लागू गरेको हो । तर मड्रिडका अधिकारीले भने आपतकाल लागू गर्नु न्यायपूर्ण नरहेको बताएका छन् । स्पेनमा अहिलेसम्म ८ लाख ९० हजारमा कोरोना पुष्टि भएको छ ।जसमध्ये झण्डै ३३ हजारको ज्यान गएको छ

Next Post

पछिल्लो २४ घन्टामा ५ हजार ८ जना संक्रमित

२४ आश्विन २०७७, शनिबार १३:३३
काठमाडौं,असोज २४ गते ।  पछिल्लो २४ घन्टामा थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।   मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ । देशभरी […]