अमेरिकामा १ सय ७६ जना नेपालीलाई देश निकालाको आदेश

  ।   १४ कार्तिक २०७७, शुक्रबार १७:२४

न्यूयोर्क, अक्टोबर ३० ।

आर्थिक वर्ष २०२० मा अमेरिकाका अध्यागमन अदालतबाट १ सय ७६ जना नेपाली नागरिकले देश निकालाको आदेश पाएका छन् । एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युका अनुसार उनीहरु अमेरिकामा रहेका १६ राज्यहरुबाट देश निकालामा परेका हुन्।

देश निकालामा परेकामध्ये १ सय ७१ जना नेपालीहरुले एसाइलम दावी गरेका थिए भने ५ जना आपराधिक पृष्ठभूमिका कारण देशनिकालामा परेका हुन् । देशनिकालाको आदेश पाउनेहरु न्युयोर्कमा सबैभन्दा धेरै ७७ जना रहेका छन् । न्यूयोर्क सिटीको अदालतबाट ५३ जना, ब्रोडवेबाट ८ जना र भेरिक स्ट्रीटबाट ७ जनालाई देश निकालाको आदेश दिइएको पत्रकार किशोर पंथीले जानकारी दिए ।

न्यूयोर्कपछि क्यालिफोर्नियाबाट २२, टेक्सासबाट १६, लुजियानाबाट १२, मिनिसोटाबाट ११, जर्जियाबाट ११, भर्जिनियामा ६ जनालाई नेपालीहरुलाई देशनिकालाको आदेश दिइएको छ । त्यस्तै मेरिल्याण्डमा ५, मासाचुसेट्समा ५, न्यु मेक्सिकोमा ३, कोलोराडोमा ३, वासिंटनमा १, न्युजर्सीमा १, पेन्सिलभेनियामा १, फ्लोरिडामा १ र इलिनोयमा १ जना नेपालीलाई देश निकालाको आदेश दिइएको छ ।

गत आर्थिक बर्ष २०१९ मा ३ सय ७१ जना नेपालीहरुले अध्यागमन अदालतबाट देशनिकालकाको आदेश पाएका थिए । गतबर्षको तुलनामा यो बर्ष अदालतबाट देशनिकालाको आदेश पाउने नेपालीहरु कम रहेका छन् । यद्यपी कोरोनाको महामारीपछि मार्चको तेश्रोसातादेखि कोरोनाको महामारीका कारण अदालतमा हिराशतमा हुनेहरुबाहेक अन्यका सुनुवाईहरु स्थगित भएका छन् । अमेरिकाको इतिहासमा नै नेपालीहरुले सबैभन्दा धेरै आर्थिक बर्ष २०१९ मा अदालतबाट देश निकालाको आदेश पाएका थिए । सन २०१८ मा २ सय ३२ जना र सन २०१७ मा १ सय ४९ जना नेपालीहरुले अमेरिकाबाट देशनिकालाको आदेश पाएका थिए ।

सन् २०१५ मा नेपालीहरुले टीपीएस पाएपछि आर्थिक बर्ष सन् २०१६ मा देशनिकालाको आदेश पाउने नेपालीहरु निकै कम रहेका थिए । त्यसबेला जम्मा १२१ जना नेपालीहरुले देशनिकालाको आदेश पाएका थिए । टीपीएस स्वीकृत गरेको अवधि भन्दा अगाडि अमेरिकामा रहेका नेपालीहरुलाई देशनिकाला गर्न नपाइने भएकाले उनीहरु देशनिकाला हुनबाट बचेका हुन् ।

Next Post

काँग्रेस नेता मीन विश्वकर्माको अवस्था गम्भीर

१४ कार्तिक २०७७, शुक्रबार १७:२४
काठमाडौं, १४ कात्तिक । नेपाली काँग्रेसका नेता मीन विश्वकर्माको गम्भीर अवस्थामा उपचार भइरहेको छ । कोरोना भाइरसको संक्रमण भई विश्वकर्माको ग्रान्डी अस्पतालको आइसियुमा उपचार भइरहेको आफन्तले जानकारी दिएका छन् । १ कात्तिकमा कोरोना भाइरसको पुष्टि भएपछि चार दिन घरमै बसेका विश्वकर्माको श्वासप्रश्वासमा समस्या बढेपछि वीर अस्पताल लगिएको थियो । उनको […]