
नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङको नियुक्तिबारे नेकपा माओवादी केन्द्रका एक सांसदले संसदमा टिप्पणी गरेका छन् ।
बिहीवार बसेको प्रतिनिधिसभा बैठकमा माओवादी सांसद गजेन्द्रबहादुर महतले व्यक्तिले मात्र नभई प्रणालीमा सुधार गर्नुपर्ने बताए ।
‘म सांसद भएर आएपछि २ वटा सरकार देखेँ । एउटा सरकारले हनुमान मात्र देख्ने, अर्कोले कुलमान मात्र देख्ने । हनुमानले कर्णाली स्वास्थ्य विज्ञान प्र्रतिष्ठानलाई डुबाए, कुलमानले विद्युत् प्राधिकरणलाई नाफामा त लगेका छन् । कुलमान बूढो भएपछि के गर्छ यो सरकारले ? विद्युत् प्राधिकरण मात्र छ, अरु प्राधिकरण छैनन् ? नेपाल वायु सेवा निगम सुधार्नु पर्दैन ?’ महतले प्रश्न गरे ।


