सन्दीप लामिछानेको मुद्दामा अन्तिम सुनवाइ हुँदै, अदालत परिसरमा कडा सुरक्षा व्यवस्था

  ।   २ जेष्ठ २०८१, बुधबार १४:१३

जेठ-२, काठमाडौं ।

कृकेटर सन्दीप लामिछानेको मुद्दामा अन्तिम सुनवाइ भइरहँदा पाटन उच्च अदालतबाहिर सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

सन्दीपका समर्थक मात्र होइन, पत्रकारलाई समेत गेटभित्र छिर्न दिइएको छैन । हिजो हेर्दाहेर्दैमा परेको मुद्दाको सुनवाइ आज बिहान ११ बजेबाट उच्चमा सुरु भएको हो । आजै मुद्दाको फैसला सुनाउने तयारी छ ।

फैसलापछिको सुरक्षा संवेदनशीलता उत्पन्न हुने भन्दै कडाइ गरिएको हो । उच्च अदालतका रजिस्टार तथा प्रवक्ता विमल पराजुलीले मिडियालाई पनि छिर्न नदिने बताएका छन् । हिजोको सुनवाइमा मिडियाकर्मीलाई अदालतभित्र प्रवेश दिइएको थियो । तर, आज गेटमै रोकिएको छ ।

मुद्दाको काममा आएकाहरूलाई प्रमाण हेरेर भित्र जान दिइएको छ भने अरूलाई अनुमति छैन । उच्च अदालतको गेटदेखि हरिहर भवनसम्म बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालित छन् ।

अदालत स्रोतका अनुसार यतिबेला गौसाला २६ को पक्षको बहस सकिएको र सन्दीप लामिछाने पक्षको बहस सुरु भएको छ । सन्दीप पक्षको बहस सकिने बित्तिकै आजै फैसला आउने पनि बताइएको छ ।

Next Post

ओलीको प्रश्न : काङ्ग्रेसको घरबाट ल्याएको संसद हो यो ?

२ जेष्ठ २०८१, बुधबार १४:१३
जेठ-२, काठमाडौं । सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको आवश्यकता नभएको बताएका छन्। नयाँ बानेश्वरमा बुधबार बसेको पार्टीको संसदीय दल बैठकमा बोल्दै अध्यक्ष ओलीले सदन रोक्नुपर्ने आवश्यकता पनि नभएको बताए। ‘पशुपतिमा केपी ओलीले सुन नचढाएर पित्तल चढायो पनि यही संसदमा भने। अनि […]

सम्बन्धित