नेपाल भलिबल लिगको उपाधि अन्नपूर्णलाइ

  ।   २७ भाद्र २०८३, शनिबार २१:०१

 

 

पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ । शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न फाइनल खेलमा कर्णाली शिवराजलाई ३–० को सोझो सेटमा हराउँदै अन्नपूर्णले उपाधि जितेको हो । उपाधिसँगै अन्नपूर्णले रु २० लाख पुरस्कार राशि प्राप्त गरेको छ ।

फाइनल खेलमा अन्नपूर्णले एकतर्फी प्रदर्शन गर्‍यो । उसले पहिलो सेट २५–१५ ले सहजै जित्यो । दोस्रो सेटमा पनि कर्णालीविरुद्ध अन्नपूर्णले पूरा दबाब राख्यो । उसले दोस्रो सेट २५–२० ले आफ्नो पक्षमा पार्‍यो ।

तेस्रो सेट अन्नपूर्णले २५–१८ ले जित्दै इतिहास रच्यो । ऊ अब एनभिएलको पहिलो संस्करणको उपाधि जित्ने टोली बनेको छ । नेपालमा पुरुष भलिबलको व्यावसायिक लिग पहिलोपटक आयोजना गरिएको थियो ।

Next Post

मोटरसाइकलको ठक्करबाट घाइते महिलाको मृत्यु

२७ भाद्र २०८३, शनिबार २१:०१
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी सुर्खेतकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। भाद्र २७ गते बिहान लेकवेशी नगरपालिका–१० झुप्रास्थित सडकमा भे ६ प ४७३ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी वीरेन्द्रनगर नगरपालिका–१० बरीपाटीकी ५५ वर्षीया आशा बुढालाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते बुढालाई उपचारका लागि नेपालगन्ज लगिएको थियो। उनको भाद्र […]