न्यायाधीशले ‘घुस डिल’ गरेको अडियो सार्वजनिक भएपछि न्यायपरिषद्को बैठक बस्दै

  ।   ८ असार २०७९, बुधबार ११:४४

काठमाडौं, असार ८ ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

काठमाडौं जिल्लाका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन भएको घुस लेनदेनबारेको अडियो सार्वजनिक भएपछि कार्कीले आज दिउँसो १ बजे न्यायपरिषद्को बैठक बोलाएका हुन् ।

न्यायपरिषद् बैठकमा अडियोमा नाम मुछिएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र काठमाडौं जिल्ला अदालतका न्यायाधीशहरू राजुकुमार खतिवडा र अम्बिकाप्रसाद निरौलाको भूमिकामाथि पनि छलफल हुने भएको छ ।

सञ्चार माध्ययममा सार्वजनिक अडियोमा तामाङलाई १० करोडमा छुटाउँदा २ करोड आफूहरूलाई आउने भन्दै पोखरेलले कोइरालालाई भनेका छन् । त्यसमा कोइराला आफू तयार रहेको तर माथिल्लो निकायबाट पनि जानकारी आउनुपर्ने कुरा उल्लेख गरेका छन् ।

Next Post

'मेरा श्रीमान्‌ले रकम नपाउन्जेल गाउँपालिकाका सबै भुक्तानी राेक्नू'

८ असार २०७९, बुधबार ११:४४
दैलेख : स्थानीय तहका जनप्रतिनिधिले आफन्तहरुका लागि के सम्म गर्न पछि पर्दैनन् भन्ने एक ज्वलन्त उदाहरण दैलेखको भैरवी गाउँपालिकामा देखिएको छ। गाउँपालिकाका अध्यक्ष रीता शाहीले आफ्ना श्रीमान्‌ले गरेको कामको भुक्तानी नपाएसम्म गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर विश्वकर्मालाई अन्य भुक्तानी नदिन भन्दै भोलिबाट गाउँपालिकामा हाजिर नगर्न समेत भनेकी छन्। आफ्नो श्रीमान्‌ले निर्माण गरेको […]