रोमालाई झिनो अग्रता

  ।   २९ बैशाख २०८०, शुक्रबार ०६:५४

एजेन्सी /पेरिस — एडोरडो बोभेले दोस्रो हाफमा गरेको गोलको मद्दतले एएस रोमाले युरोपा लिग सेमिफाइनलको पहिलो लेगमा बिहीबार बायर लेभरकुजनलाई १–० गोलान्तरले हराएको छ । यो जितसँगै जोसे मोउरिन्होको रोमा झिनो अन्तरले अगाडि रह्यो ।

सेमिफाइनल पहिलो लेगको अर्को खेलमा युभेन्ट्स र सेभियाले १–१ को बराबरी खेले । फेडरिको गाटीले खेलको ९७ औं मिनेटमा युभेन्ट्सका लागि बराबरी गोल फर्काए । युसेफि इन–नेसरीले सेभियाका लागि पहिलो गोल गरेका थिए ।

युरोपा कन्फ्रेन्स लिग सेमिफाइनल पहिलो लेगका खेलमा एफसी बासेलले फियोरेन्टिनालाई २–१ ले हरायो भने वेस्ट ह्यामले एजे आल्कमरलाई समान २–१ ले हरायो ।

Next Post

बंगालको खाडीमा शक्तिशाली चक्रवात, नेपालमा कस्तो असर पर्ला ?

२९ बैशाख २०८०, शुक्रबार ०६:५४
बैशाख-२९, काठमाडौ । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली शक्तिशाली चक्रवातमा परिणत भएको छ । ‘मोखा’ नाम दिइएको यो चक्रवातलाई नेपालका मौसमविदले पनि नजिकबाट नियालिरहेको बताएका छन् । नेपालमा यसको असर कस्तो रहला ? भन्ने प्रश्नमा जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद शान्ति कँडेल भन्छिन्, ‘हामी त्यसलाई नजिकबाट मोनिटरिङ गरिरहेका […]