निजी विद्यालयको शुल्क र अस्पतालको बिल ३ प्रतिशत महँगिने

  ।   १७ जेष्ठ २०८३, आईतवार ०८:१४

कर्णालीलाइभ समाचारदाता । 

जेठ-१७, काठमाडौ ।

सरकारले विद्यालय र अस्पतालको सेवालाई महँगो बनाएको छ । सरकारको नयाँ कर नीतिको व्यवस्था अनुसार अब निजी शिक्षा र औषधोपचारमा नयाँ कर थपिएको छ।

नयाँ व्यवस्थाअनुसार ‘शिक्षा समता शुल्क’ का नाममा नयाँ कर थपिएकाले निजी क्षेत्रबाट सञ्चालित शैक्षिक संस्थाहरूमा अध्ययन गर्दा विद्यार्थी तथा अभिभावकको खर्च बढ्ने भएको छ।

कुनै पनि नेपालीले निजी क्षेत्रबाट सञ्चालित विश्वविद्यालय, महाविद्यालय, विद्यालय तथा प्राविधिक शिक्षालयबाट शिक्षा लिँदा अब बिलमा सेवा शुल्कको ३ प्रतिशत ‘शिक्षा समता शुल्क’ जोडिनेछ।

यद्यपि, तालिम तथा पुनर्ताजगी तालिम लिएको हकमा भने यो शुल्क लाग्ने छैन। यस व्यवस्थालाई कार्यान्वयन गर्न निजी क्षेत्रका सबै शैक्षिक संस्थाहरूले आफ्नो बिलिङ प्रणाली परिवर्तन गर्नुपर्नेछ। यो नयाँ कर आगामी २०८३ साउन १ गतेदेखि लागू हुनेछ।

‘स्वास्थ्य समता शुल्क’का नाममा थपिएको अर्को नयाँ करले सर्वसाधारण नेपालीको औषधोपचार खर्चसमेत बढाउनेछ। निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थाहरू (अस्पताल, क्लिनिक आदि) बाट सेवा लिँदा बिरामीले अब बिलमा सेवा शुल्कको ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ थप तिर्नुपर्नेछ।

यो नयाँ कर असुल गर्नका लागि निजी क्षेत्रका सबै स्वास्थ्य संस्थाहरूले पनि आफ्नो बिलिङ प्रणाली परिमार्जन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

Next Post

गुजरातलाई ५ विकेटले स्तब्ध पार्दै बेङ्गलुरु लगातार दोस्रो पटक आईपीएल च्याम्पियन

१७ जेष्ठ २०८३, आईतवार ०८:१४
भारतमा जारि इन्डियन प्रिमियर लिग आईपीएल रोयल च्यालेन्जर्स बेङ्गलुरु आरसीबीले दोस्रो पटक इन्डियन प्रिमियर लिग आईपीएल को च्याम्पियन बन्न सफल भएको छ । गए राति सम्पन्न फाइनल भिडन्तमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै बेङ्गलुरुले उपाधि जितेको हो। आइतबार अहमदाबादस्थित विश्वकै सबैभन्दा ठूलो नरेन्द्र मोदी स्टेडियममा बेङ्गलुरुले टस जितेर पहिले […]