दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने सरकारको निर्णय

  ।   २६ जेष्ठ २०८३, मंगलवार २०:४३

गृहमन्त्री सुधन गुरुङले कार्यभार सम्हाल्दै मंगलबार २०५८ सालको दरबार हत्याकण्डको फाइल पुनः खोल्ने निर्णयमा हस्ताक्षर गरेका हुन्। सरकारले दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने निर्णय विभिन्न चार महत्व पूर्ण  निर्णय गरेका हुन्

पदभार ग्रहण गर्दै गृहमन्त्री गुरुङले जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे। केन्द्रीय अनुसन्धान ब्युरोलाई अझै बलियो बनाउने र छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुङ्गो लगाउने बताउँदै उनले हरेक फाइल खोल्ने निर्णयमा समेत हस्ताक्षर गरे।

मन्त्री गुरुङका चार निर्णयहरू:

– २०५८ सालको दरबार हत्याकण्डको फाइल पुन: खोल्ने ।

– जेन-जी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्ने ।

– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई अझै बलियो बनाउने ।

– छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुंगोमा पुर्‍याउने र हरेक फाइल खोल्ने ।

पदभारका क्रममा गृहमन्त्री गुरुङले आफूमाथि जस्तोसुकै आरोप लगाए पनि थेग्न सक्ने तर नेपाली चेलीहरुलाई दुःख दिएको सहन नसक्ने बताए। आफूमाथि तथ्य बिनै आरोप लगाएको बताउँदै उनले मिडिया ट्रायलकै कारण कोहि ब्यक्तिले आत्महत्या गर्ने अबस्था नहोस भन्नेतर्फ सचेत बन्न आग्रह गरे।

मन्त्री गुरुङले आजै अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए।

Next Post

रास्वपा दैलेखको पार्टी कार्यालयमा ताला जिल्ला अधिवेशनको मतगणना बिबाद

२६ जेष्ठ २०८३, मंगलवार २०:४३
दैलेख, जेठ २७ गते। राष्ट्रिय स्वतन्त्र पार्टी दैलेखको जिल्ला पार्टी कार्यालयमा ताला लगाएका छन् . राष्ट्रिय स्वतन्त्र पार्टी दैलेखको प्रथम जिल्ला अधिवेशन सम्पन्न निर्वाचनमा मतगणना प्रक्रियामाथि प्रश्न उठाइएको छ। पार्टीका केही सदस्य तथा प्रतिनिधिहरूले कुल २४० मत खसेको भनिए पनि सभापति पदका उम्मेदवारहरूले प्राप्त गरेको मत संख्या जोड्दा २४६ पुग्ने […]