दैलेख, जेठ २७ गते। राष्ट्रिय स्वतन्त्र पार्टी दैलेखको जिल्ला पार्टी कार्यालयमा ताला लगाएका छन् . राष्ट्रिय स्वतन्त्र पार्टी दैलेखको प्रथम जिल्ला अधिवेशन सम्पन्न निर्वाचनमा मतगणना प्रक्रियामाथि प्रश्न उठाइएको छ। पार्टीका केही सदस्य तथा प्रतिनिधिहरूले कुल २४० मत खसेको भनिए पनि सभापति पदका उम्मेदवारहरूले प्राप्त गरेको मत संख्या जोड्दा २४६ पुग्ने देखिएकाले निर्वाचन प्रक्रिया अपारदर्शी र गैरजिम्मेवार ढंगले सञ्चालन भएको आरोप लगाउदै सभापति पदका उम्मेदवार प्रकाश कुमार बुढाले पार्अटी कार्नुयालयमा ताला लगाएका हुन .
उक्त जिल्ला अधिवेशनमा सभापति पदका उम्मेदवारहरूले क्रमशः ९३, ६९, ४३ र ४१ मत प्राप्त गरेका थिए। उक्त मत संख्या जोड्दा २४६ पुग्ने भएकाले मतगणनामा गम्भीर त्रुटि वा अनियमितता भएको आशंका गरिएको बताउनुभयो ।
उहाँले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने, आवश्यक प्रमाण सुरक्षित राख्नुपर्ने तथा प्रमाण नष्ट हुन नदिनुपर्ने माग गर्दै पार्टी कार्यालयमा तालाबन्दी गरिएको बताउनुभयो । यस विषयमा सम्बन्धित निर्वाचन समिति तथा पार्टी नेतृत्वको आधिकारिक प्रतिक्रिया आउन बाँकी रहेको छ।

