चौरजहारी नगरपालिकाले सुरु गर्‍यो ५ सैयाको अस्पताल

  ।   १५ कार्तिक २०७७, शनिबार १८:०४

रुकुम पश्चिम कार्तिक १५ ।
मनोज डाँगी
रुकुम जिल्लाको चौरजहारी नगरपालिकाले ५ सैयाको अस्पताल सञ्चालन गरेको छ । नगरपालिकाको चिन्नेबगरमा शहीद स्मृति नगर अस्पताल सञ्चालन गरी नगरवासीलाई सेवा दिन सुरु गरेको छ ।

अस्पतालबाट ओपिडी सेवा, इमर्जेन्सी सेवा, प्रसुति सेवा, ल्याब सेवा, फार्मेसी सेवा, एक्सरे तथा भिडियो एक्सरे सेवालगायतका सेवाहरु सञ्चालन हुने नगर प्रमुख विशाल शर्माले जानकारी दिए । सरकारवाट प्रदान हुने निःशुल्क तथा सशुल्क औषधि तथा सेवा सुविधा अस्पतालवाट प्राप्त गर्न सकिने नगरपालिकाका प्रमुखले जनाएका छन् ।

नगर अस्पताल सञ्चालन पछि नगरपालिकाको माथिल्लो भेग वडा नम्बर १० देखि १४ र सल्यानको दार्मा गाँउपालिकाका सर्बसाधारणले स्वास्थ्य सेवा पाउने भएका छन् ।

Next Post

नेकपा कर्णालीको विवाद थप चर्किदैंः मुख्यमन्त्री शाहीद्वारा दुई मन्त्रीको बर्खास्तको तयारी

१५ कार्तिक २०७७, शनिबार १८:०४
गोबिन्ददेव भारती  कार्तिक १६, सुर्खेत । पार्टीको संसदिय दलको नेतामा अविश्वाशको प्रस्ताव दर्ता भएपछि चुलिएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको विवाद थप उत्कर्षमा पुग्ने भएको छ । गएको कार्तिक ७ गते दलको बैठकमा आफूमाथिको अविश्वाशको प्रस्ताव बहुमतले अश्विकृत गरेर देखाएका मुख्यमन्त्री शाहीले दलको बैठकमा अनुपस्थित हुने पार्टी […]