प्रधानमन्त्रीले अलग हुने प्रस्ताव गर्नुभयो : प्रचण्ड

  ।   १६ कार्तिक २०७७, आईतवार १७:५०

कार्तिक १६, काठमाडौ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले अलग अलग हिँड्न आग्रह गरेको ब्रिफ्रिङ गरेका छन्। खुमलटारमा आफू निकट नेताहरूसँग कुराकानी गर्दै कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले शनिबारको भेटघाटमा सो प्रस्ताव गरेको ब्रिफ्रिङ गरेका हुन्।

‘प्रधानमन्त्रीज्यूले सँगै जान सकिएन, अब अलग–अलग लागौं भनेर प्रचण्डजीसँग प्रस्ताव गर्नुभएछ,’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘प्रधानमन्त्री स्वयंले उक्त प्रस्ताव गरेपछि पार्टी एकता कायम गर्न लागि परेका छौं।” उनका अनुसार शनिबार र आइतबारको छलफलमा प्रधानमन्त्री ओलीले प्रचण्डसँग उक्त प्रस्ताव गरेका थिए।

खुमलटारमा आफू निकट नेताहरुलाई बोलाएर प्रधानमन्त्रीले गरेको प्रस्तावका वारेमा छलफल गरेको र पार्टी एकता कायम गराउनका लागि तिब्रताको साथ छलफल भईरहेको श्रेष्ठले जानकारी दिए।

Next Post

प्रधानमन्त्री हटाउने प्रचण्ड प्रस्ताव थापाद्धारा अस्वीकार, श्रेष्ठसँग खुमलटारमै वादविवाद

१६ कार्तिक २०७७, आईतवार १७:५०
कार्तिक १७, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वासको प्रस्ताव लैजाने पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावलाई गृहमन्त्री रामबहादुर थापाले अस्वीकार गरेका छन्। आइतबार बिहान प्रचण्डनिवास खुमलटारमा बोलाइएको भेलामा पुगेका नेकपा सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री थापाले प्रचण्डको प्रस्ताव अस्वीकार गरेका हुन्। आइतबार बिहान बालुवाटारमा प्रधानमन्त्री ओलीसँग बसिरहेका बेला खुमलटार आउन निम्तो पाएपछि भेट्न […]