एक्लो बन्दै माधव नेपाल, सवैभन्दा निकट बिष्णु रिजालले पनि छाडे साथ

  ।   ६ बैशाख २०७८, सोमबार १४:४७

६ बैशाख, काठमाडौ ।

एमाले सकाउने अभियानमा लागेपछि एमालेका निलम्बित नेता माधवकुमार नेपाल एक्लै पर्न थालेका छन् । नेता नेपालका सवैभन्दा नजिक मानिने केन्द्रीय सदस्य बिष्णु रिजालले पनि आजबाट उहाँको साथ छाडेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा सहभागी भएर रिजालले नेपालको साथ छाडेको बताएका हुन् । तात्कालिन एमालेका प्रचार बिभागका सचिव रिजाल नेकपा गठन हुँदा केन्द्रीय सदस्यमा मनोनीत भएका थिए । एमालेमा सदैव माधवकै निकट रही सघाउँदै आएका रिजाल आज केन्द्रीय कमिटी बैठकमा सहभागी भएका हुन् ।

रिजालले यसअघि नै एमाले बिभाजन गरी माधव नेपालले गठन गर्ने पार्टी चल्नै नसक्ने भन्दै बैधानिक फोरममा नै आफ्नो धारणा राख्न सुझाएका थिए । तर नेता नेपालले प्रचण्डको डिजाइनमा एमाले तहस-नहस बनाउने कसम खाएपछि रिजालले उनको साथ छाडेका हुन् । @janatatimes.com

Next Post

ओलीलाई भेटेपछि कर्णालीका चार सांसदले छाडे माधवको साथ

६ बैशाख २०७८, सोमबार १४:४७
७ बैशाख, काठमाडौ । माधव नेपाल पक्षमा खुलेका कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने एमालेका चार जना संघीय सांसदले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीलाई साथ दिएका छन् । सांसदहरू मुगुका गोपाल बम, दैलेखका राजबहादुर बुढा र पार्वती विशुंखे तथा सुर्खेतका ध्रुवराज शाहीले खनाल–नेपाल समूह छाडेका हुन् । विशुंखेबाहेक तीनै जना प्रत्यक्ष […]