प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्दै

  ।   १४ जेष्ठ २०८०, आईतवार ०७:३८

जेठ-१४, काठमाडौं । नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल गर्न संघीय संसद् अन्तर्गत दुवै सदनको संयुक्त बैठक आज बस्दै छ ।

बिहान ११ बजे बस्ने बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल गर्ने र त्यसलाई पारित गर्ने सम्भावित कार्यसूची छ ।

संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले ‘संघीय संसद्को बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफावार छलफल सदनमा गरियोस्,’ भनी प्रस्ताव प्रस्तुत गर्ने छन् ।

उक्त मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने र नियमावली पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद्का महासचिव डा.भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।

Next Post

सिडेनको अध्यक्षमा लक्ष्मण केसी निर्वाचित

१४ जेष्ठ २०८०, आईतवार ०७:३८
जेठ-१४, काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को अध्यक्षमा लक्ष्मण केसी निर्वाचित भएका छन् । शनिबार भएको अधिवेशनबाट केसी सातौं केन्द्रीय कार्यकारिणी समितिको अध्यक्षमा निर्वाचित भएका हुन् । नवनिर्वाचित केसी महामन्त्री गगन थापा र प्रदीप पौडेल निकट मानिन्छन् ।