बाजुरा र हुम्ला जिल्लाको सीमा क्षेत्र लाम्पाटा–च्याचौरमा सीमा विवादका कारण त्यहाको सीमा विवाद समाधान नहुँदा सशस्त्र प्रहरी बलको टोली लाम्पाटामा तैनाथ गरिएको छ।
सिमा विवाद कारण सशस्त्र प्रहरी बलको टोलीले सो स्थानमा अस्थायी सुरक्षा वेश क्याम्प स्थापना गर्नेछ, जसको निर्देशन प्रधान कार्यालयबाट हुनेछ।
केन्द्रीय सुरक्षा समितिले बाजुराको हिमाली गाउँपालिका वडा नम्बर–३ लाम्पाटामा नेपाल प्रहरी र सशस्त्रको केन्द्रीय संयुक्त सुरक्षा बेस क्याम्प राख्ने निर्णय गरेको छ।
बाजुरा र हुम्लाको सीमा विवाद नटुङ्गिएपछि सो क्षेत्रमा सशस्त्र प्रहरी बलको टोली तैनाथ गरिएको हो । गत जेठ २७ गते लाम्पाटाको लागि हिँडेको सशस्त्र प्रहरी बलको टोली शनिबार सम्बन्धित स्थानमा पुगेको हो ।
सो स्थानमा अब अस्थायी सुरक्षा वेश क्याम्प स्थापना गरिने भएको हो । सो अस्थायी सुरक्षा वेशमा खटिएको टोलीलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट नै आवश्यक निर्देशन दिइने र आवश्यकता अनुसारको समन्वय समेत प्रधान कार्यालय बाट नै हुनेछ ।
सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा टोली सो ठाउँमा खटिएको हो । केही दिन यता सो क्षेत्रमा सीमा विवाद चर्किएको थियो ।
शुक्रवार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले दुई जिल्लाको सीमा स्थित बाजुराको हिमाली गाउँपालिका वडा नम्बर–३ लाम्पाटामा नेपाल प्रहरी र सशस्त्रको ‘केन्द्रीय संयुक्त सुरक्षा बेस’ राख्ने निर्णय गरेको थियो ।सीमा विवादका कारण जेठ ५ गते झडप भएको थियो । झडमा परी बाजुराका ४ जना घाइते भएका थिए ।
