दैलेख गाडी दुर्घटना : खोजी तथा उद्धार कार्यमा कठिनाइ

  ।   १८ असार २०८३, बिहीबार २१:११

कर्णाली — कर्णाली राजमार्ग अन्तरगत आज दैलेख सडकखण्डमा दुर्घटना भएको फोर्स गाडी कर्णाली नदीमा डुब्दा उद्धार कार्यमा कठिनाइ भैरहेको छ । कर्णाली नदीमा जलसतह बढेको र गाडी नदेखिने गरी डुबेकाले उद्धार कार्यमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख श्रवणकुमार विकले जानकारी दिए । उनका अनुसार सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कप्र ०२-००१ ख १०५५ नम्बरको गाडी बिहीबार बिहान ११:३० बजेको समयमा चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ दैलेखको साङ्गेतडास्थित कर्णाली नदीमा खसेको थियो .
दुर्घटनास्थलबाट एक जना पुरुषको शव निकालिएको प्रहरी नायब उपरीक्षक विकले जानकारी दिए । उद्धारका सामग्री सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको सुरक्षा बेसका जनशक्ति संयुक्त रूपमा घटनास्थलमा खटिएको उनले बताए ।

प्रहरी नायब उपरीक्षक विकका अनुसार कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटा सहित गोताखोरको टोली सुर्खेत बाट यतातर्फ हिँडिसकेको छ । सुर्खेत बसपार्कबाट बिहान ८ बजेट छुट्दा पाँच जना सवार रहेको भनिए पनि गाडीमा कति जना यात्री थिए भन्ने एकीन नभएको उनले बताए ।

उनका अनुसार गाडी ४०० मिटर तल खस्दा कर्णाली नदीमा डुबेको अनुमान गरिएको छ । गाडी डुबेको स्थान प्रहरीचौकी दैलेख पाल्तडाबाट तीन किलोमिटर उत्तरतर्फ र जिप्रका दैलेखबाट ५० किलोमिटर पश्चिमतर्फ पर्दछ । भौगोलिक अवस्था जटिल भएकाले घटनास्थलका बारेमा थप विवरण आउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय दैलेखले  जनाएको छ ।

Next Post

एआईजी सरुवा : सीआईबीमा चतुर्वेदी, काठमाडौं उपत्यकामा राठौर

१८ असार २०८३, बिहीबार २१:११
मन्त्रिपरिषद् बैठकले आठ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । गृह मन्त्रालयको प्रस्तावमा सरकारले बिहीबार एआईजीहरूको सरुवा गरेको हो । सरुवा सूचीअनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा अपराध अनुसधान विभागका एआईजी सुशील सिंह राठौरलाई पठाइएको छ उपत्यकामा रहेका एआईजी ईश्वर कार्कीलाई भने मानव स्रोत विकास विभागमा सरुवा गरिएको छ […]