संवैधानिक परिषदको बैठक सोमबार बस्ने

  ।   २४ बैशाख २०८०, आईतवार ०८:१६

फाइल तस्वीर 

बैशाख-२४, काठमाडौ । संवैधानिक परिषद्को बैठक बोलाइएको छ । सोमबार साँझ ६ बजे सिंहदरबारमा बैठक तय गरिएको हो । प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि यसअघि बसेको बैठकमा कुनै निचोड निस्किएको थिएन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी नेता एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार दिउँसोको छलफलपछि संवैधानिक परिषद् बैठक डाकिएको हो ।

यसअघिको बैठकमा ओलीले संसदीय सुनुवाइ विशेष समिति गठन नभएसम्म प्रधानन्यायाधीश नियुक्ति नहुने भएकाले पहिले संसदीय समिति टुंगो लगाउनुपर्ने अडान लिएका थिए ।

संवैधानिक परिषदको सिफारिस गरेको व्यक्ति संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्ति हुने व्यवस्था छ ।

सर्वोच्च अदालत लामो समयदेखि कामुको भरमा चलिरहेको छ ।

ओलीले संसदीय सुनुवाइसहित अन्य विषयगत समितिको नेतृत्व टुंगो लगाउनुपर्ने प्रस्ताव राखेपछि वैशाख पहिलो साता बसेको बैठक निष्कर्षविहीन बनेको थियो । थप छलफल गर्ने भन्दै नेताहरू उठेका थिए ।

ओलीले संवैधानिक परिषद बैठकमा बाहेक सत्तापक्षलाई विपक्षी दलको नेताको आवश्यकता नदेखिएको भन्दै प्रधानमन्त्रीको भूमिकाप्रति आपत्ति जनाएका थिए ।

Next Post

सत्ता गठबन्धन बैठकको निष्कर्ष: प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन नपर्ने

२४ बैशाख २०८०, आईतवार ०८:१६
बैशाख-२४, काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिन नपर्ने सत्ता गठबन्धन बैठकले निष्कर्ष निकालेको छ। शनिबार साँझ सिंहदरबारमा बसेको गठबन्धन बैठकले उक्त निष्कर्ष निकालेको माओवादीका सचेतक हितराज पाण्डेले जानकारी दिए। राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिए पनि विश्वासको मत लिनुपर्ने पनि संवैधानिक व्यवस्था नभएको उनको भनाइ थियो। ‘अहिले त विश्वासको […]