सीआईबीको डीएसपी हुँ भन्दै ठगी गर्ने दैलेखका नैनसिंह बिक पक्राउ

  ।   २ श्रावण २०८१, बुधबार ११:५०

साउन-२, बाँके ।

बाँके प्रहरीले नक्कली डिएसपी पक्राउ गरेको छ । डीएसपी हुँ भन्दै ठगी गर्ने दैलेख नारायण नगरपालिका ५ बस्ने ३० वर्षीय नैनसिंह विक पक्राउ परेका हुन् ।

विकले विगत तीन महिनादेखि बाँकेका विभिन्न सरकारी कार्यालयहरूमा गई आफू सीआईबीको डीएसपी नवीन शाही हुँ भन्दै कार्यालय प्रमुख र अन्य कर्मचारीहरूलाई भेट्ने, कुराकानी गर्ने र सर्वसाधारणलाई ठगी गर्ने गरेको पाएपछि मङ्गलवार कोहलपुर नगरपालिका ११ बाट नियन्त्रणमा लिइएको हो ।

विकले ठगी गरेको भए इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा जानकारी गराउन तथा सम्पर्क गर्न सरोकारवालालाई प्रहरीले आग्रहसमेत गरेको छ ।

केही व्यक्तिहरूलाई उनले धम्काएर ठगी गरेको समेत सूचना प्रहरीले पाएको छ । बाँके प्रहरी प्रवक्ता नारायण डाँगीका अनुसार विकका विषयमा केही उजुरी परेकाले पक्राउ परेको र अनुसन्धान जारी रहेको छ ।

Next Post

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

२ श्रावण २०८१, बुधबार ११:५०
साउन-३, काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा साउन ६ गते आइतबार विश्वासको मत लिने भएका छन् । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले ३० दिनसम्ममा विश्वासको मत लिन पाउने व्यवस्था भए पनि प्रधानमन्त्रीले आइतबारकै संसद् बैठकमा विश्वासको मत लिने प्रस्ताव राख्ने कार्यक्रम रहेको जानकारी दिए । आफ्नै दलको समर्थनमा रहेको पुष्पकमल दाहाल […]