बिहवार काठमाडौंको त्रिपुरेश्वरमा एक युवाले आत्मदाह गरेको घटना साम्य नहुँदै राजधानीमा फेरि अर्को आत्मदाहको प्रयास भएको छ।काठमाडौं महानगरपालिका-१० बुद्धनगरस्थित डेरामा शनिबार बिहान एक पुरुषले आफैंलाई आगो लगाएर आत्मदाहको प्रयास गरेका हुन्।आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएका ४५ वर्षीय अश्विन राउतलाई तत्कालै प्रहरी टोलीले उद्धार गरी उपचारका लागि वीर अस्पताल पुर्याएको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ । बिर अस्पतालका अनुसार राउतको शरीरको ५५ प्रतिशतभन्दा बढी भाग जलेकाले उनको अवस्था चिन्ताजनक छ र हाल उपचार जारी छ। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार राउतको आफ्नो छोरासँग केही विषयमा विवाद भएको थियो। घरमा श्रीमती र छोरा नभएको मौका छोपी उनले शनिबार बिहान सवा ६ बजेतिर भान्सा कोठामा गएर आफैँमाथि तेल खन्याई आगो लगाएको खुलेको छ।
Next Post
स्पेन सेमिफाइनलमा, फ्रान्ससँगको भिडन्त पक्का
२७ असार २०८३, शनिबार ०९:१९
पोर्चुगललाई हराउन इन्जुरी समयमा निर्णायक गोल गरेको केही दिनपछि, क्वार्टरफाइनलमा बेल्जियमविरुद्ध पनि मेरिनो नायक बनेका हुन्। बेल्जियमका ब्याकअप गोलकिपरको गल्तीको फाइदा उठाउँदै उनले ८८ औं मिनेटमा गोल गर्दै स्पेनलाई २-१ को जित दिलाए। यो जितसँगै स्पेनले उपाधिको दाबेदार फ्रान्ससँगको सेमिफाइनल भिडन्त पक्का गरेको छ। मेरिनोले मुस्कुराउँदै भने, ‘मैले यो फेरि […]
सम्बन्धित
-
२५ आश्विन २०७७, आईतवार ०६:५५
मध्यरातमा डा. केसी र सरकारबीच ८ बुँदे सहमति : ९ बजे अनशन तोड्ने
-
८ असार २०८३, सोमबार २२:१५
विष्णु पौडेलको पक्राउविरुद्ध एमालेले राजनीतिक प्रतिवाद गर्ने
-
९ फाल्गुन २०७८, सोमबार १५:२७
उता गायिका रचना रिमाल मुसुक्कै, यता जिल्ला प्रशासन कार्यालय अछाम भुसुक्कै
-
४ भाद्र २०८३, बिहीबार १०:२८
बँदेललाई ताकेको गोली जब साथीको छातीमा लाग्यो
-
१४ भाद्र २०८१, शुक्रबार १४:३९
आयल निगमका कर्मचारीबिच कुटाकुट हुँदा एकजनाको मृत्यु
-
२५ बैशाख २०८०, सोमबार १२:२०
संसदमै अर्धनग्न बने सांसद अमरेशकुमार सिंह
