सल्यानमा जिप दुर्घटना तीन जनाको मृत्यु

  ।   २७ भाद्र २०८३, शनिबार १७:१६

सल्यानमा शनिबार बिहान भएको बोलेरो जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । गम्भीर घाइते डिल्लीबहादुर वलीको उपचारका क्रममा मृत्यु भएपछि मृत्यु हुनेको संख्या तीन पुगेको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी देवराज भट्टराईका अनुसार त्रिवेणी गाउँपालिका ५ सिम्खबाट लुहाम हुँदै तुलसीपुर जाँदै गरेको लु प्र ०२००१ ज ०००५ नम्बरको बोलेरो जिप सिम्खमा दुर्घटना हुँदा ६ जना गम्भीर घाइते भएका थिए । जिपमा चालकसहित ६ जना सवार थिए ।

गम्भीर घाइते भएका त्रिवेणी गाउँपालिका ६ पोखरी बस्ने वर्ष ८ का रेशम बुढाथोकी र वर्ष १८ की विपना वुढाथोकीको जिल्ला अस्पताल सल्यानमा उपचारका क्रममा मृत्यु भएको थियो भने वर्ष ५० का डिल्लीबहादुर वलीको दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका सिम्खका वर्ष २९ का तारक भनेर चिनिने पारस बोहरा, गाडी चालक २४ वर्षका भूपाल पुन र ४२ वर्षकी लालमति बुढाथोकीको दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको उनको भनाइ छ । जिप अनियन्त्रित भएर दुर्घटनामा परेको उनले जानकारी दिए । उनका अनुसार जिप सडकदेखि २ सय मिटर तल खसेको थियो ।

Next Post

नेपाल भलिबल लिगको उपाधि अन्नपूर्णलाइ

२७ भाद्र २०८३, शनिबार १७:१६
    पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ । शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न फाइनल खेलमा कर्णाली शिवराजलाई ३–० को सोझो सेटमा हराउँदै अन्नपूर्णले उपाधि जितेको हो । उपाधिसँगै अन्नपूर्णले रु २० लाख पुरस्कार राशि प्राप्त गरेको छ । […]