प्रचण्ड सर्बोच्च अदालतमा

  ।   २९ पुष २०७८, बिहीबार १३:५९

फाइल तस्वीर

काठमाडौं, २९ पुष ।

आफ्नो पार्टी परित्याग गरी नेकपा (एमाले) प्रवेश गरेका जनप्रतिनिधिहरुलाई पदमुक्त गरान नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल सर्वोच्च अदालत पुगेका छन् ।

अघि निर्वाचन आयोगबाट पदमुक्त गरेका स्थानीय तहका जनप्रतिनिधिलाई पुनर्वहाली गर्ने सर्वोच्चको अन्तरिम आदेश दिको थियो । उक्त आदेश खारेज गर्न माग गर्दै प्रचण्ड आज अदालत पुगेका हुन् ।

अध्यक्ष प्रचण्डले गत असारमा विभिन्न स्थानीय तहका जनप्रतिनिधिलाई सर्वोच्चले अन्तरिम आदेशबाट कामकाज गर्न नरोक्नू भनेपछि सो आदेश खारेजीको माग गर्दै रिट दायर गरेका थिए ।

प्रदेश २ का मात्रै ७ जना मेयर, १० जना उपमेयर र ८० जनाभन्दा बढी वडाध्यक्षसहितका स्थानीय जनप्रतिनिधि नेकपा एकता प्रक्रिया टुटेपछि माओवादीमा नफर्की एमालेमा बसेका थिए ।

Next Post

के हो किच्कन्या भनेको ? के किच्कन्या छ ??

२९ पुष २०७८, बिहीबार १३:५९
किच्कन्याको काल्पनिक कथाहरु बनेका छन् । राजा महाराजासँग जोडेर किचकन्याको कथा बनाइएका छन् । तर, के किचकन्या अस्तित्वमा छ ? कतिपयले किच्कन्या भेटेको या किचकन्याले लखेटेको भन्ने गरेका छन् । किच्कन्या नेपाल र भारतीय समाजमा प्रचलित किम्वदन्ती र कथाहरुको भूत हो । यसले महिलालाई कुनै हानीनोक्शानी पुर्याउँदैन पुरुषलाई भने हानी […]

सम्बन्धित