मुगु हिमपहिरो : तीन जनाको मृत्यु

  ।   २४ बैशाख २०८०, आईतवार ०७:२०

मुगु, बैशाख २४ । मुगुमा हिमपहिरोमा परेर तीन जनाको मृत्यु भएको छ ।

शनिवार जुम्लाको पातारासी गाउँपालिका-२ निवासी ३५ वर्षीय वीरबहादुर बोहरा, ४० वर्षीया तारासी सार्की, ३५ वर्षीया पुन्न सार्कीको मृत्यु भएको जनाइएको छ ।

उनीहरूको मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिका २ च्यार्खु भन्ने लेकमा मृत्यु भएको जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए । १५ जनाको टोली शनिवार यार्सा सङ्कलनका लागि उक्त स्थानमा गएको थियो ।

उनले भने, ‘जिल्ला प्रशासन कार्यालय मुगुले मौसम राम्रो छैन भनेर खुलाएको नै रहेनछ । जेठ ४ गते देखि मात्रै यार्सा सङ्कलनका लागि अनुमति दिएको थियो । उनीहरूलाई एक पटक फर्काएको थियो । तर, जबरजस्ती गरेर कता कुन बाटोबाट लुकेर गएछन् ।´

घटनाको थप विवरण आउन भने बाँकी रहेको पनि घिमिरेले बताए । १३ जना घर फर्किएको र ३ जनालाई उद्धार गर्न मुगुको जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार र संघीय सरकार, प्रहरी कार्यालय मुगुले उद्धारका लागि पहल गरिएको छ ।

Next Post

रुसले युक्रेनमा फस्फोरस बम प्रयोग गरेको आरोप

२४ बैशाख २०८०, आईतवार ०७:२०
२४ वैशाख, एजेन्सी । रुसले फस्फोरस बमले आक्रमण गरेको आरोप युक्रेनले लगाएको छ । युक्रेनको सेनाले एक भिडियो फुटेज सार्वजनिक गर्दै आक्रमणमा फस्फोरस बम प्रयोग भएको आरोप लगाएको हो । भिडियोमा आगो भयंकर ठूलो लागेको र फसफोरस जस्तै देखिने सेतो रंगको पाउडर खसेको देखिन्छ । सेतो फस्फोरसमा प्रतिबन्ध छैन तर […]