विद्युत प्राधिकरणले काटिदियो प्रादेशिक अस्पताल जनकपुरको विजुली

  ।   २४ बैशाख २०८०, आईतवार १४:३९

वैशाख-२४, जनकपुरधाम । नेपाल विद्युत प्राधिकरणले जनकपुरधामस्थित प्रादेशिक अस्पतालको विद्युत लाइन काटिदिएको छ । प्राधिकरणको जनकपुर वितरण केन्द्रले  आइतबार दिउँसो पौने २ बजे अस्पतालको विद्युत काटेको हो ।

मधेशकै ठूलो यो अस्पतालले प्राधिकरणलाई विजुलीवापतको १ करोड २० लाख रुपैयाँ महसुल तिर्न बाँकी छ । पटक पटक लिखित मौखिक ताकेता गर्दा पनि अटेर गरेपछि लाइन काटेको प्राधिकरणका वितरण केन्द्र प्रमुख लखन लला मल्लिकले बताए ।

प्रादेशिक अस्पतालले १५ महिनादेखि विद्युत महसुल बुझाएको छैन । ‘महसुल तिर्न पटक पटक मौखिक आग्रह र लिखित पत्र पठाएका छौं, मुख्यमन्त्री कार्यालय, सामाजिक विकास मन्त्रालय लगायतमा । तर मतलब नगरेपछि बाध्य भएर लाइन काटेका हौं’, प्रमुख मल्लिकले भने ।

विजुलीको लाइन काटिएपछि चर्को गर्मीमा बिरामीले पंखा चलाउन पनि पाएका छैनन्, विजुली नहुँदा अस्पतालका कतिपय उपकरण पनि चलेको छैन । कम्तीमा महसुल कहिलेसम्म तिर्ने लिखित प्रतिवद्धता गरे मात्र लाइन जोड्न सकिने वितरण केन्द्र प्रमुख मल्लिकले बताए ।

Next Post

संखुवासभामा एकै घरका चार बालबालिका अचेत फेला

२४ बैशाख २०८०, आईतवार १४:३९
बैशाख-२४ संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–९ खाम्लिङमा चार बालबालिका अचेत अवस्थामा फेला परेका छन्। आज बिहान चैनपुर–९ खाम्लिङका मनबहादुर तामाङका चार जना छोराछोरी अचेत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए। मनबहादुरका छोरा ९ वर्षीय मनधोज, ८ वर्षीय राजेन्द्र, ५ वर्षीय निमसाङ र छोरी ३ […]