संखुवासभामा एकै घरका चार बालबालिका अचेत फेला

  ।   २४ बैशाख २०८०, आईतवार १८:४९

बैशाख-२४ संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–९ खाम्लिङमा चार बालबालिका अचेत अवस्थामा फेला परेका छन्।

आज बिहान चैनपुर–९ खाम्लिङका मनबहादुर तामाङका चार जना छोराछोरी अचेत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए।

मनबहादुरका छोरा ९ वर्षीय मनधोज, ८ वर्षीय राजेन्द्र, ५ वर्षीय निमसाङ र छोरी ३ वर्षीया सुपरिना घरनजिकै अचेत अवस्थामा फेला परेको प्रहरी निरीक्षक बस्नेतले बताए।बिहान घरमै छाडेर मेलापात गएका मनबहादुर घर फर्किंदा छोराछोरी अचेत अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो।

उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा उपचार हुन नसकेपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ।

 

अचेत अवस्थामा फेला परेको एक छोरा र एक छोरीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरूले जंगली खाने कुरा खाएर बिरामी परेको हुन सक्ने प्रहरीको अनुमान छ।

Next Post

धेरै पटक मौन रहेँ, तर अब त अत्ति भयो : गगन थापा

२४ बैशाख २०८०, आईतवार १८:४९
बैशाख-२४, काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको निर्णय र पद्धति मन नपर्दा पनि धेरै समय मौन रहेको तर अब अति भएको बताएका छन् । आइतबार फेसबुकमा उनले धेरै पटक प्रतिरोध गर्न खोजेको तर पार्टीको जिम्मेवारीमा रहेको सम्झिएर मौन रहेको, पार्टीभित्रै मत र अडान राखेको तर अहिले अति भएको बताएका […]