दाइको हत्या आरोपमा भाइलाई प्रकाउ

  ।   १६ असार २०८३, मंगलवार ०८:०२

बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका–४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ।
आइतबार बेलुका २६ वर्षीय दाजु मनोज चौधरीलाई हत्या गरी नहरमा फालेर फरार भएका २० वर्षीय विनोदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी निरीक्षक जीवराज थापाले जनाएको छ।

प्रहरीले निजलाई कोहलपुर नगरपालिका–१५ स्थित चन्हवाबाट पक्राउ गरेको थियो। कुटपिटबाट हत्या भएकाले घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकको शव पोष्टमार्टमका लागि भेरी अस्पताल, नेपालगञ्ज ल्याइएको छ। पक्राउ परेका विनोदको म्याद थपका लागि जिल्ला अदालत, बाँकेमा ल्याइएको प्रहरीले जनाएको छ।

 

Next Post

दुइ दिन भारी वर्षाको सम्भावना

१६ असार २०८३, मंगलवार ०८:०२
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मङ्गलबार र बुधबार देशका विभिन्न भू–भागमा मेघ गर्जनसहित भारी वर्षा र चट्याङको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा कर्णाली प्रदेशबाहेकका अन्य प्रदेशका पहाडी तथा तराई क्षेत्रका धेरै स्थानमा ठुलो वर्षाको सम्भावना […]