जेठ १४ देखि लगातार ४ दिन सार्वजनिक बिदा

  ।   ८ जेष्ठ २०८३, शुक्रबार १३:०५

जेठ-८, काठमाडौ ।

यही जेठ १४ गतेदेखि ४ दिन लगातार सार्वजनिक बिदा परेकाे छ । गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर जेठ १४ गते बकर ईद     ( ईद–उल–अज्हा)को अवसरमा बिदा दिने निर्णय भएको जानकारी दिएको छ ।

गृह प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा राजपत्रमा प्रकाशित सूचना अनुसार इश्लाम धर्मालम्बीहरूको बकर ईद ( ईद–उल–अज्हा)को दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको र १४ गते सो चाड रहेकोले बिदा दिने निर्णय भएको जानकारी दिएका छन्।

जेठ १५ गते गणतन्त्र दिवसको बिदा दिने यसअघि नै राजपत्रमा प्रकाशित छ । १६ गते शनिबार र १७ गते आइतबार सार्वजनिक बिदा हुन्छ । त्यसले गर्दा १४ देखि १७ गतेसम्म ४ दिन लगातार बिदा परेको हो ।

Next Post

सशस्त्र प्रहरीको तालिमका क्रममा सात जवान बेहोस

८ जेष्ठ २०८३, शुक्रबार १३:०५
टिकापुर कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा औद्योगिक तालिम शिक्षालयमा तालिमका क्रममा सात जना सशस्त्र प्रहरी जवान बेहोस भएका छन . सशस्त्र प्रहरी जवानको आधारभूत तालिमअन्तर्गत २ सय मिटर दौड गर्ने क्रममा उनीहरू एकाएक बेहोस भएका हुन्। बेहोस हुनेमा तालिमरत जवान बलबहादुर बस्नेत, गणेश रावत, मनबहादुर बस्नेत, चिनबहादुर […]